एजेन्सी –फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लि क्लब चेल्सी युईएफए च्याम्पियन्स लिगको सेमिफाइलमा प्रवेश गरेको छ ।

साविक विजेता जर्मन क्लब बायर्न म्युनिखलाई पछि पार्दै पीएसजीले अन्तिम चारको यात्रा तय गरेको हो । दोस्रो लेगमा १–० को हारको बावजुत समग्रमा ३–३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजीले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । पहिलो लेगमा पीएसजीले ३–२ को महत्वपुर्ण अवे जित निकालेको थियो ।

पार्क डि प्रिन्सेसमा मंगलबार राति भएको खेलमा बायर्नको जितमा पीएसजी कै पुर्व फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले गोल गरेपनि टोलीलाई अघिल्लो चरणमा लैजान सकेन । प्रतिस्पर्धात्मक खेलको तेस्रो मिनेटमा नै नेयमारको पासमा एबबाप्पेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । नवौं मिनेटमा पाभर्डले बेन्जामिन पाभर्डलाई बिट गर्दै दिएको पास थियो हर्नान्डेजलाई डिफ्लेक्ट हुदै आएको बललाई नेयमारले भेट्न नसक्दा गोलरक्षक म्यानुयल नोयरले बचाए ।

२६औं मिनेटमा लिरोए सानेको वान टु वान पासमा चुपो मोटिङको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा बायर्न अग्रता लिनबाट चुक्यो । लगत्तै योसुवा किम्मिखको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । २८औं मिनेटमा नेयमारको प्रहारलाई गोलरक्षक नोयरले बचाए । ३७औं मिनेटमा नेयमारको प्रहार क्रसबारमा लागेर बाहिरिदा पीएसजी अग्रता लिनबाट चुक्यो ।

४०औं मिनेटमा चुपो मोटिङले गोल गर्दै बायर्नलाई १–० ले अघि बढाए । ४४औं मिनेटमा डेभिड अलवाको प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले बचाए । ४९औं मिनेटमा नेयमारको हाफ भली प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पीएसजी बराबरीबाट चुक्यो । ५२औं मिनेटमा पाभर्डको पासमा किङ्सले कोमानको प्रहार आकासियो ।

५३औं मिनेटमा एमबाप्पे मार्फत एन्जल डि मारिया हुदै आएको पासलाई नेयमारले भेट्न नसकेको बललाई जेरोमी बोएटिङले क्लोज रेन्जबाट क्लियर गर्दै बराबरी टारे । ७८औं मिनेटमा एमबाप्पेले गोल गरेपनि उनको गोलले मान्यता नपाउँदा पीएसजी बराबरीबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा डिफेन्डिङ च्याम्पियन बायर्न क्वाटरफाइनलबाट बाहिरिदा साविक उपविजेता पीएसजीले अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।

यस्तै इंग्लिस क्लब चेल्सी ७ वर्षपछि युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा १–० को हार भोगेपनि समग्रमा २–१ को जित निकाल्दै चेल्सीले ७ वर्षपछि अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । चेल्सीले पहिलो लेगमा २–० को अवे जित निकालेको थियो ।

यस्तै चेल्सीले २०१४ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । सेमिफाइलमा चेल्सी स्पेनिस क्लब एट्ल्टिको म्याड्रिडसँग ३–१ ले पराजित भएको थियो । सेभियामा मंगलबार राति भएको खेलमा पोर्टाे जितमा मेहदी तेरेमीले इनयुरी समयको थप गरिएको चौथो मिनेटमा ओभरहेड किकमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई जित दिलाएपनि अघिल्लो चरणको यात्रामा लैजान सकेन ।

पोर्टाेले प्रि–क्वाटरफाइनलमा इटालियन महारथी युभेन्टसलाई पाखा लगाएपनि क्वाटरफाइनलबाट अघि बढ्न सकेन । चेल्सीले पहिलो लेगमा मासन माउन्ट र बेन चिलवेलको गोलको जित निकालेको थियो । अब चेल्सीले सेमिफाइनलमा रियल म्याड्रिड र लिभरपुलबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा रियल ३–१ ले अघि दोस्रो लेग आज राति एनफिल्डमा हुदैछ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार