एन्डोरा, २४ असोज । पोर्चुगल अर्काे वर्ष रसियामा हुने विश्वकपको लागि छनोट नजिक पुगेको छ ।
युरोपियन क्षेत्रको समूह ‘बी’ अन्र्तगतको खेलमा घरेलु टोली एन्डोरालाई २–० ले पराजित गर्दै विश्वकपको लागि सोझै छनोट नजिक पुगेको हो । जितसँगै पोर्चुगल ९ खेलबाट २४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पोर्चुगलभन्दा अघि रहेको स्वीट्जरल्याण्डको समान खेलबाट २७ अंक रहेको छ ।
पोर्चुगललाई जिताउन रियल म्याड्रिडका सुपरस्टार क्रिष्टियानो रोनाल्डो र आन्द्रे सिल्भाले गोल गरे । पहिलो हाफमा बेन्चमा रहेको रोनाल्डो दोस्रो हाफको शुरुमै मैदान प्रवेश गर्दै गोल गर्न सफल भएको हो । रोनाल्डोले ४६ औं मिनेटमा गिल्सन मार्टिन्स्को स्थानमा मैदान प्रवेश गरेका रोनाल्डोले ६३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । रोनाल्डोले जोओ मारियोको पासलाई गोलमा परिणत गरेका थिए । छनोट खेलमा रोनाल्डोको यो १५ औं गोल हो । घरेलु टोली एन्डोरामाथि एकपछि अर्काे आक्रमण बुनेको पोर्चुगलका लागि ८६ औं मिनेटमा आन्द्रे सिल्भाले गोल गर्दै अग्रता दोब्बर पा¥यो । सिल्भाले दाया क्षेत्रबाट ड्यानिलोले दिएको पासलाई सदुपयोग गरेका हुन् । त्यसपछि खेलमा थप गोल हुन नसक्दा पोर्चगलले खेल २–० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
अब पोर्चुगलले समूहको शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डसँग बुधबार राति खेल्दैछ । खेल पोर्चुगलमा हुदैछ । यो खेलमा जित हात पारे पोर्चुगल सिधै विश्वकपलाई छनोट हुनेछ ।
यही समूहको अर्काे खेलमा शीर्ष स्थानमा रहेको स्वीट्जरल्याण्डले हंगेरीलाई ५–२ को गोल अन्तरले पराजित गर्दै विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ । अर्काे खेलमा फरोह आइल्याण्ड र लातभियाले गोलरहित बराबरी खेले ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




