काठमाडौँ ।   हिमालयन शेर्पा क्लब प्रथम चन्द्रागिरी गोल्डकप फुटबलको च्याम्पियन बनेको छ । राजधानीको नैकापमा भएको फाईनल खेलमा १० खेलाडीमा सिमित फ्रेण्डस क्लबलाई  अतिरिक्त समयमा ३–१ ले पराजित गर्दै हिमालयनले उपाधि जितेको हो । हिमालयनलाई जिताउन विसन गुरुङ, पियुस हेनरी र सेडरिक आवाले गोल गरे ।

फ्रेण्ड्सका विदेशी खेलाडी लावलले टीमलाई अग्रता दिलाएका थिए । दोहोरो पहेंलो कार्ड पाएका रुमेश बर्तौला खेलको ६८ औँ मिनेटमा मैदानबाट बाहिरिएपछि फ्रेण्ड्स १० खेलाडीमा सिमित भएको थियो ।

निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।जितसँगै हिमालयनले ५ लाख रुपैयाँ पाउँदा फ्रेण्ड्स क्लबले २ लाख ५० हजारमा चित्त बुझायो  । विजेता हिमालयनका विसन गुरुङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । फ्रेण्डसका कप्तान धिरज श्रेष्ठ सर्वाधिक गोलकर्ता भए । दुवैले जनही ३० हजार रुपैयाा हात पारे ।

 

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार