काठमाडौं, ३ पुस । दोस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा ललितपुर प्याट्रिएट्सले विजयी शुरुआत गरेको छ ।
ललितपुरले काठमाडौं किंग्स इलाभेनलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो । प्रतियोगिताको पहिलो दिन सोमबार त्रिवि क्रिकेट मैदानमा ९० रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले १६.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । ललितपुरका लागि ओपनर जयकिसन कोल्सवालाले उत्कृष्ट प्रदर्शन गर्दै नटआउट ४४ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए । त्यस्तै, राजविर सिंह १४ रनमा अविजित रहे । ४ रन हुँदा ओपनर पवन सर्राफलाई गुमाएको ललितपुरका लागि योगेश नगरले २ रन बनाए ।
यता, काठमाडौंका सोमपाल कामीले आफ्नो दोस्रो बलमा नै पवन सर्राफलाई बोल्ट गर्दै उत्कृष्ट सुरुवात गराएका थिए । सोमपालले १ विकेट लिए भने अक्सु फर्नान्डोले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब प्रदर्शन गर्दै ८९ रनमात्रै बनाउन सक्यो । काठमाडौं १८.३ ओभरमा अलआउट हुँदै ८९ रनको सामान्य स्कोर बनाएको थियो । काठमाडौंका लागि ओपनर अमित श्रेष्ठले २७ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
काठमाडौंका लागि अक्सु फर्नान्डोले १५ र सोमपाल कामीले १४ रनको योगदान दिए । श्रीलंकाली चर्चित खेलाडी तथा काठमाडौंका कप्तान परवेज महारुफले भने ७ रन बनाएर आउट भए ।
काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललितपुरका भारतीय खेलाडी सुबोध भाटीले ४, ललित नारायण राजवंशीले ३ र भेट्रान खेलाडी मेहबुब आलमले २ विकेट लिए । ४ ओभर बलिङ गर्दै मात्र १४ रन दिएर ३ विकेट लिएका ललित म्यान अफ म्याच घोषित भए ।
प्रतियोगिताको दोस्रो दिन मंगलबार २ खेल हुँदैछन् । पहिलो खेलमा चितवन टाइगर्सले पोखरा राइनोजसँग विहान ९ बजेदेखि प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, दोस्रो खेलमा विराटनगर वारिवर्सले ललितपुर प्याट्रिएट्ससँग खेल्दैछ ।
इपिएल क्रिकेट राउन्ड रोविन लिगका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




