काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतको जम्मु–कास्मिरमा भएको आतंकवादी हमलाको भत्र्सना गर्दै दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गर्दै घटनाप्रति दुःख एवं मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले एक ट्वीट गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीलाई टेलिफोन सम्पर्क गरेर कास्मिर घटनाको भत्र्सना एवं दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको जनाएका छन् ।

कास्मिरको पुलवालामा बिहीबार दिउँसो जैस–ए–मोहम्मद नामक आतंकवादी समूहले विस्फोटक पदार्थले भरिएको गाडी भारतीय सेन्ट्रल रिजर्भ पुलिस फोर्स चढेको गाडीमा लगेर ठोक्काएका थिए । जसमा ४० भन्दा बढी सुरक्षाकर्मी सवार थिए ।

भारतीय सञ्चार माध्यमहरुको अनुसार, जम्मुकास्मिरबाट श्रीनगरतर्फ गइरहेको उक्त गाडीमा आतंकवादीले गराएको आक्रमणमा परी हालसम्म मृत्यु हुनेको संख्या ४० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार