काठमाडौं । भारतको मुम्बईस्थित सबैभन्दा व्यस्त सडकमा भएको आकाशेपुल खस्दा ५ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका छन् । बिहिबार भएको मुम्बईको सिएसटीको बाहिर बनेको यो पुलको खतरा अझै बढ्नसक्ने संकेत देखिएको छ ।

जब यो पुल खस्यो त्यो समयमा कुर्रा पुललमा रातो संकेत थियो । साँझको समयमा पुलबाट कैयौँ मानिसहरु हिडिरहेका थिए । पुलको तल एउटा ट्याक्सी थियो । यति त्यो समयमा ६० सकेण्डको रेडलाइट नहुँदो हो त पुलमुनि कैयौँको शव भेटिने भारतीय मिडिया आजतकले लेखेको छ । रेडलाइटको कारणले कैयौँको ज्यान बचेको भारतीय सञ्चामाध्यमहरुको दावी छ ।

घटनापछि पुलमुनि केहि ठेलामा व्यापार गर्ने थिए भने एउटा कार थियो । बाँकी मानिसहरु पुलसँगै तल झर्नाले घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा लगिएको छ । घटनामा परि ३० जनाभन्दा धेरै घाइते भएको समाचारमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार