फ्रान्सको राजधानी प्यारिसस्थित मध्ययुगीन नोट्र-डाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ।
साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारीहरूले बताएका छन्।
टोलीहरूले सो प्राचीन गिर्जाघरभित्र रहेका कलाकृतिलाई जोगाउने प्रयत्न गरिरहँदा अग्निनियन्त्रकहरू आगो नियन्त्रणमा लिन अझै प्रयासरत छन्।
राष्ट्रपति एमानुएल माक्रोँले आगलागीलाई एउटा “ठूलो विपद्”को सङ्ज्ञा दिएका छन्। आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन।
अधिकारीहरूले जीर्णोद्धार कार्यसँग आगलागीको सम्बन्ध हुन सक्ने बताएका छन् ।
ढुङ्गाहरू चर्किन थालेपछि कथिड्रल भत्किन सक्ने आशङ्कामा त्यसको जीर्णोद्धार थालिएको थियो।
प्यारिसको अभियोजनकर्ताको कार्यालयले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।घटनास्थलमा भावुक देखिएका राष्ट्रपति माक्रोँले कथिड्रलको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय रूपमा रकम सङ्कलन अभियान थाल्ने प्रतिबद्धता जनाए।
आगो कसरी फैलियो?
स्थानीय समयानुसार सोमवार साँझ साढे ६ बजे सुरु भएको आगलागी छिट्टै कथिड्रलको छानासम्म फैलियो।
कथिड्रलको शिखरलाई खसाल्नुअघि आगोले रङ्गीन सिसाका झ्यालहरू र काठका सजावटलाई ध्वस्त बनायो।
एउटा बेल टावरलाई जोगाउने प्रयासमा झन्डै पाँच सयजना अग्निनियन्त्रक जुटेका थिए।
तस्वीर कपीराइटGETTY IMAGESत्यसको चार घण्टाभन्दा बढी समयपछि प्रमुख अग्निनियन्त्रक जाँ क्लोड गालेले प्रमुख संरचनालाई पूर्णरूपमा क्षतिग्रस्त हुनबाट “जोगाउन र संरक्षण गर्न” सफल भएको बताए।
प्यारिसका उपमेयरले भवनमा “व्यापक क्षति” भएको बताउँदै बाँकी कलाकृतिहरू जोगाउन टोलीहरू प्रयासरत रहेको बताए।
फ्रान्सको बीएफएमटीभीसँग कुरा गर्दै इतिहासविद् कामी पास्कलले आगलागीले अमूल्य सम्पदा नष्ट गरेको बताए।
“आठ सय वर्षदेखि प्यारिसमा नोट्र-डाम कथिड्रल हेरिँदै आएको छ। शताब्दिऔँदेखि सुख र दुःख सबै घटनामा नोट्रु-डामको घण्ट बज्दै आएको थियो।”
उनले थपे, “हामी आजको दृश्य स्तब्ध मात्र हुन सक्छौँ।”

गत वर्ष फ्रान्सको क्याथोलिक गिर्जाघरले जीर्ण भएको भन्दै सो भवनलाई जोगाउनका निम्ति सहयोग गर्न आह्वान गरेको थियो।
जर्मन चान्सलर मर्केलले नोट्र-डाम कथिड्रललाई “फ्रान्सेली र युरोपेली संस्कृतिको एउटा प्रतीक” भन्दै फ्रान्सेली नागरिकलाई सहयोगको प्रस्ताव गरेकी छन्।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि आगलागीको घटनाप्रति चिन्ता व्यक्त गरेका छन्।

बर्सेनि लाखौँ मानिसले नोट्रु-डाम कथिड्रलको अवलोकन गर्ने गर्छन्।
मानिसहरूले कसरी प्रतिक्रिया जनाए?
आगलागीको दृश्य हेर्न हजारौँ मानिस कथिड्रल वरिपरिका सडकमा भेला भएका थिए।
कतिपय मानिसहरूले रोइरहेको देखियो थिए भने कतिपयले प्रार्थना गरिरहेका थिए।
प्यारिसका थुप्रै गिर्जाघरहरूले आगलागीप्रति प्रतिक्रिया जनाउँदै घण्ट बजाएका थिए।
फ्रान्समा महिनौँदेखि भइरहेका प्रदर्शनका पृष्ठभूमिमा राष्ट्रपति माक्रोँले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन आगलागीको घटनालाई लिएर स्थगित गरे। बिबिसीनेपालीबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




