संयुक्त राज्य अमेरिकाले यसै महिना आयोजना गर्ने ४० वटा राष्ट्रका शीर्ष नेता सम्मिलित जलवायु शिखर सम्मेलनमा नेपाललाई निम्तो नगरिँदा हिमाली क्षेत्रका मुद्दा ओझेलमा पर्न सक्ने चिन्ता विज्ञहरूले प्रकट गरेका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले इन्टरनेटको माध्यमबाट आयोजना गरिने दुईदिने सम्मेलनमा दक्षिण एशियाका तीन देशका शीर्षस्थ नेताहरूलाई निम्तो गरेको केही दिनअघि ह्वाइट हाउसले जनाएको थियो।

नेपालले जलवायुसम्बन्धी कार्यक्रमहरूलाई उदाहरणीय ढङ्गले अघि बढाए अन्तराष्ट्रिय रूपमा आफ्नो प्रभाव विस्तार गर्ने भन्दै एक अभियानकर्ताले सरकारले त्यसमा ध्यान दिनुपर्ने बताइन्।

काठमाण्डूस्थित अमेरिकी राजदूतावासकी प्रवक्ताले जलवायुसङ्कटबारे नेपालसँग मिलेर काम गर्न अमेरिका तयार रहेको प्रतिक्रिया दिएकी छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार