स्पेन

 

बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान लगेर जोताइँदा कैयौं हताहति भएको प्रहरीले जनाएका छन्।
स्थानीय समाचारपत्रहरुले सो हमलामा दुई जनाको ज्यान गएको जनाएका छन्।
रोयटर्स समाचारसंस्थाले मृतकहरुको संख्या १३ पुगेको जनाएको छ, तर त्यसको स्वतन्त्ररुपमा पुष्टि भैसकेको छैन।
प्रहरी सूत्रलाई उद्धृत गर्दै एएफपी समाचारसंस्थाले प्रहरीले दुईजना सन्दिग्धहरुको खोजी गरिरहेको जनाएको छ।
घेराबन्दी
एकजना सन्दिग्ध हमलाकारी एउटा बारभित्र रहेको र प्रहरीले घेराबन्दी गरिरहेको समाचारहरुमा जनाइएको छ।
प्रहरीले मानिसहरुलाई लास राम्बलास क्षेत्रबाट टाढै रहन अपील गरेका छन्।
प्रत्यक्षदर्शीहरुले सुरक्षाकालागि मानिसहरु नजीकैका क्याफे तथा पसलहरुभित्र पसेको आफुहरुले देखेको बताए।
आग्रह
रोयटर्स समाचारसंस्थाले आपत्कालिन निकायहरुले स्थानीय भूमिगत यातायात सन्जाल तथा रेलवे स्टेशनहरु बन्द गर्न आग्रह गरेको जनाएको छ।
एल पायस समाचारपत्रले भ्यानलाई लगेर मानिसहरुमाथि ठोक्काएपछि भ्यानको चालक पैदलै भागेको जनाएको छ।
सो हमलाको विस्तृत विवरण आइसकेको छैन।
यसअघि युरोपका विभिन्न शहरहरु तथा लण्डनमा पनि इस्लामिक उग्रवादीहरुले सडकमा मानिसहरुमाथि मोटर लगेर जोताएका घटनाहरु भएका थिए।

BBC


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार