सुनका गहना त देखिएकै छ । तर के तपाईंले सुनका चप्पल पनि देख्नुभएको छ?

बेलायतका एकजना डिजाइनर डेबी विन्घमले सुन र हीराबाट बनेको विश्वकै सबैभन्दा महँगो हिल चप्पल बनाएका छन् । यसअघि विश्वकै महंगो पहिरन समेतको डिजाइन गरेका उनले हालै डेढ अर्ब रुपैयाँ भन्दा पनि बढी मूल्यपर्ने हिलवाला चप्पल तयार गरेका हुन् ।

उक्त चप्पलमा निकै दुर्लभ गुलाबी तथा नीलो हीरा प्रयोग गरिएको छ । त्यसमा प्रयोग गरिएका हीरा मात्रैको मूल्य करोडौं छ ।

उक्त चप्पलमा ३ क्यारेटको सेतो हीराको पनि प्रयोग गरिएको छ । चप्पलको फित्ता सु्नबाट बनेको छ भने चप्पललाई सुनकै धागोले सिलाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार