वासिङटन । अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा शुक्रबार विहान शंकास्पद गतिविधि देखिएपछि कार्यालयको उत्तरी क्षेत्र बन्द गरिएको छ। ‘ह्वाईट हाउसको उत्तरी भागमा बन्द गरिएको छ भने शंकास्पद गतिविधिका बारेमा सुरक्षाकर्मीहरुले अनुसन्धान सुरु गरिसकेका छन्,’ गुप्तचर निकायले भनेको छ।

गुप्तचर निकायको आधिकारीक ट्विटरमा शंका लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिइएको पनि जनाइएको छ। ह्वाईट हाउसको उत्तरी भागमा रहेका पत्रकारहरुलाई पहिले नै कुनै स्पष्ट कारण विना त्यहाँबाट हट्न भनिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाई र एसियाको भ्रमणका लागि राष्ट्रपति कार्यालय छाडे लगत्तै यस्तो घटना भएको हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार