मंसिर १६, २०७४-लामो समययता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स बढीमा तीन वर्ष काम गरेपछि स्वदेश फर्कनुपर्ने छ । बेलायत आएपछि नर्सहरूले नेसनल हेल्थ सर्भिस (एनएचएस) कै अस्पतालमा काम गर्नेछन् ।
यो योजनाले एनएचएसमा अहिले देखिएको दक्ष जनशक्ति अभावको चरम समस्यासँग जुध्न मद्दत पुग्ने अधिकारीको भनाइ छ । उनीहरूले यसबाट विकासशील मुलुकका प्राविधिक जनशक्तिले पनि प्रशिक्षणको अवसर पाउने भएकाले दुवै पक्षका लागि लाभदायी हुने बताए । बेलायतमा हाल करिब ४० हजार नर्सको पद खाली छन् । तर, आलोचकहरू छोटो समयका लागि विदेशबाट जनशक्ति मगाउनुको सट्टा उनीहरूलाई बेलायतमै बस्ने अवसर दिइनुपर्ने बताउँछन् ।
नेपालीको संलग्नता रहेको ‘रिक्रुट टु हेल्थ केयर’ कम्पनीले ग्लोबल लर्निङ प्रोग्रामअन्तर्गत बेलायतको स्वास्थ्य मन्त्रालयसँग उक्त संख्यामा नर्स भित्र्याउन सम्झौता गरिसकेको जनाएको छ । तीन वर्षभित्र ५५ सय नर्स बेलायत ल्याउनुपर्ने सम्झौता बेलायतकै इतिहासमा पहिलो बृहत् भएको कम्पनीको दाबी छ ।
अहिले २० वटा देशबाट नर्सले आवेदन दिइरहेको र ३ सय नर्स छानिइसकेको रिक्रुट टु हेल्थ केयरका निर्देशक बीपी खनालले जनाए । नेपालबाट समेत आवेदन दिन सकिने जनाउँदै खनालले नर्सको आईएलटीएस तयारी शुल्क, भिसा शुल्क, हवाई टिकटदेखि बेलायत आएपछि तीन महिनासम्म बस्ने व्यवस्था, तालिम तथा अध्ययन नि:शुल्क हुने जनाए ।
टियर टुअन्तर्गत बेलायत आउन नर्सले आईएलटीएस वा ओईटी (अकुपेसनल इंग्लिस टेस्ट) दिनुपर्नेछ । तर, नर्सिङ अध्ययन तथा नर्सको परीक्षा अंग्रेजी माध्यममै दिएको प्रमाणित गरे वा नर्सले काम गर्ने ठाउँमा पनि अंग्रेजी माध्यममै बिरामीसँग उपचार गरेको प्रमाणित गर्न सके बेलायतको नर्सिङ एन्ड मिडवाई फ्री काउन्सिल (एनएमसी) ले अंग्रेजी परीक्षाबिना पनि मान्न सक्ने खनालले बताए ।
झन्डै दशकअघि बेलायत सरकारले सहज अवसर दिएपछि संसारभरिका हजारौं नर्स बेलायत आएको बताइन्छ ।
नेपालबाट आएका सयौं नर्स पनि अहिले सपरिवार बेलायतमा बसोबास गरिरहेका छन् ।
नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष प्रसुना कँडेलका अनुसार बेलायतका विभिन्न अस्पताल तथा नर्सिङ होममा करिब २७ सय नेपाली नर्स कार्यरत छन् । बेलायतमा पीएचडी गरेका नेपाली नर्सदेखि क्लिनिकल नर्स स्पेसलिस्टसम्म रहेको कँडेलले बताइन् ।
वेल्समा कार्यालय रहेको रिक्रुट टु हेल्थ केयरमा नर्सिङमा दुई दशक बढी अनुभव सँगालेका युनिभर्सिटी हस्पिटल अफ वेल्सका पूर्वप्रमुख ड्र‘ फिलिप्स र प्रोफेसर डा. जोन स्टेफेन डेभिज निर्देशक छन् । कम्पनीले बेलायत आउन एक पैसा पनि नदिन आग्रह गरेको छ । बेलायतको स्वास्थ्य मन्त्रालयको ग्लोबल स्पोक पार्टनर रहेको उक्त कम्पनीले एनएचएस र सरकारलाई आवश्यक परे तालिम तथा विभिन्न शैक्षिक सहयोग प्रदान गर्न तयार रहेको जनाएको छ । खनालले नेपाल सरकारसँग पनि आवश्यकताअनुसार कोर्स डिजाइन गरेर अध्ययनका लागि सघाउन सकिने बताए ।
कान्तिपुरबाट लिईएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




