१८ बैशाख, काठमाडौंदेशमा राजनैतिक परिर्वतन र निर्णयहरु अचम्मका गरि विकासित भईरहेको छन । यसको पछिल्लो घटनाक्रम हो बर्तमान सरकारबाट कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएनु , प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाले ३७ भोटको प्रतिनिधित्व गरेको थियो ।
राप्रपा बाहिरिएपछि अब प्रचण्ड सरकारले बहुमत गुमायो कि कायम छ ? धेरै मानिसहरुमा यस्तो जिज्ञासा छ ।
संसदमा रहेको अंकगणितको चर्चा गरौंः
व्यवस्थापिका संसदमा यतिबेला ५९३ सांसदको प्रतिनिधित्व छ । यसमध्ये सरकार टिक्नका लागि आवश्यक पर्ने मत भनेको २९७ हो ।
राप्रपा सरकारबाट बाहिरिएको अवस्थामा अब सत्तापक्षको भोट हिसाब गर्दा कांग्रेससँग २०७, माओवादीसँग ८१ र नेकपा संयुक्तसँग रहेको ३ भोट जोड्दा २९१ भोट पुग्छ । एक-एक सांसद भएको अखण्ड नेपाल र समाजवादी जनता पार्टी पनि सरकारमै छ । यसमा ४ भोट थपियो भने प्रचण्ड सरकारको बहुमत पुग्छ ।
विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । सरकारलाई समर्थन गर्दा फोरम लोकतान्त्रिको १४ सांसद थियो । अहिले साना दलहरुसँग एकता गरेर १७ सांसद भएको छ ।
फोरम लोकतान्त्रिकको संसदीय दलको बैठकमा सोमबार पछिल्लो राजनीतिक घटनाक्रमबारे पार्टी अध्यक्ष गच्छदारलाई प्रधानमन्त्री प्रचण्डको फोन आयो । र, बैठक स्थगित गरेर उनी बालुवाटार हानिए । अब यसबारे भोलि मात्र छलफल गरिने फोरम लोकतान्त्रिका सांसद योगेन्द्र चौधरीले अनलाइनखबरलाई बताए ।
प्रधानमन्त्री प्रचण्डले सोमबार नै संघीय समाजवादी फोरमका नेताहरुसँग छलफल गरेका छन् । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको र आफूहरुले सरकार अल्पमतमा परेकाले कांग्रेससँग छलफल गरेर तत्काल कुनै एउटा निर्णयमा पुग्न सुझाएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
प्रचण्ड सरकार गठनका क्रममा मधेसी मोर्चाले सरकारबाट बाहिरै रहेर समर्थन जनाएको थियो । तर, अहिले पनि मोर्चाको अवस्था ‘न सरकारमा, न सरकार बाहिर’ को स्थितिमा छ । यो स्थितिमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले राप्रपाले जस्तै गरी महाअभियोग प्रस्तावलाई लिएर प्रचण्ड सरकारप्रति विरोध जनाएको छ । उपेन्द्र यादवसँग संसदमा १५ सांसद छ ।
पछिल्लो घटनाक्रम हेर्दा महाअभियोग प्रकरणको विरोधमा एमाले, राप्रपा र संघीय समाजवादी फोरम एकै ठाउँमा उभिएका छन् । एमालेसँग १८१, राप्रपासँग ३७ र संघीय समाजवादीसँग रहेको १५ मत जोड्दा २३३ मत पुग्छ, जुन महाअभियोगको विपक्षमा खडा भएको छ ।
तर, संसदमा राष्ट्रिय जनता पार्टीसँग २४ मत छ, जुन मत सरकारको समर्थनमा प्रयोग हुने सम्भावना देखिएको छ । यो स्थिति रहेमा प्रचण्ड सरकार सुविधाजनक बहुमतमा छ ।
यसरी विश्लेषण गर्दा राप्रपा सरकारबाट बाहिरिए पनि सरकार ढलिहाल्ने अवस्था बनेको देखिँदैन । तर, विपक्षीले माग गर्यो भने आगामी २१ गते वा त्यसको अघिपछि प्रधानमन्त्रीले संसदमा बहुमत सिद्ध गर्नुपर्ने अवस्था चाहिँ नआउला भन्न सकिन्न ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




