फागुन, चितवन । टाँडी र पर्साको बीचमा अवस्थित तरकारी चोकमा भएको सवारी दुर्घटनामा वडाध्यक्षको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
खैरहनी नगरपालिकाको बा २ झ १३४४ नम्वरको जीपलाई विपरित दिशाबाट आउँदै गरेको ना ३ च ८९४० नम्वरको तरकारी बोक्ने बलेराले आइतबार साँझ ठक्कर दिएको थियो ।
दुर्घटनामा खैरहनी नगरपालिका-५ का वडाध्यक्ष विश्वबिजय बस्नेतको निधन भएको छ । गम्भीर घाइते बस्नेतको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।
दुर्घटनामा वडा नः ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र चालक राजकुमार अधिकारी गम्भिर घाइते भएका छन् । दुबैको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ ।
बलेरो चालक फरार छन् भने गाडी चितवन प्रहरीको नियन्त्रणमा रहेको छ । फरार चालकको खोजी भैरहेको चितवन प्रहरी प्रमुख थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




