फाईल तस्बिर

काठमाडौं । नेपालीको मुख्य वैदेशिक रोजगारी गन्तव्य खाडी मुलुक हुन् । लाखौ नेपाली खाडीमा मजदुरी गर्न जान्छन् ।

नेपालीहरु साउदी अरेबिया, यूएई, कतार, कवेत, यमनलगातका देशमा काम गर्न जान्छन् । खाडीबाट नेपालीले पठाएको रेमिट्यान्सको भरमा नेपालको अर्थतन्त्र चलिरहेको छ । खाडीबाट विदेशी मुद्रा मात्र आएको छैन, कयैं नेपाली ‘मुर्दा’ भएर बाकसमा बन्द भएर आउँछ् ।

यहीबीचमा खाडीमा मृत्यु हुने मजदुरको संख्याबारे निकै गम्भीर तथ्यांक सार्वजनिक भएको छ ।

समाचारअनुसार पछिल्ला ६ वर्षमा हरेक दिन १० भारतीय मजदुरको मृत्यु हुने गरेको छ । नेपालीको संख्या भने यकिन हुँदैन । तर, त्रिभुवन विमानस्थलमा दैनिक जसो विदेशबाट शवहरु आइरहेका हुन्छन् । यस्तो तथ्यांकको व्यवस्थित विवरण नेपाल सरकारसँग नभएकाले यस्तो तथ्यांक पाउन कठिन छ । तर, विमानस्थलमा आउने शवका आधारमा अनुमान भने लगाउन सकिन्छ ।

भारतीय समाचार एजेन्सी भाषाका अनुसार कमनवेल्थ ह्यूमान राइट्स इनिशिएटिभका वे.कटेश नायकले एक् जनवरी २०१२ देखि २०१८ को मध्यसम्म बहराइन, ओमान, कतार, कुवेत, साउदी र यूएईमा भारतीयको मजदुरको मृत्युबारे विदेश मन्त्रालयबाट तथ्यांक जुटाएका हुन् । यी मध्ये यूएई बाहेक सबै देशका राजदूतावासले तथ्यांक दिएको समाचारमा जनाइएको छ ।

नायकका अनुसार २०१२ देखि २०१८ सम्म कम्तिमा २४ हजार ५७० जना भारतीय मजदुरको खाडीमा मृत्यु भएको छ । यसअनुसार हरेक दिन १० जना भारतीय मजदुरको मृत्यु हुने गरेको अनुमान गरिएको हो ।

तर, नेपाली मृतक मजदुरको तथ्यांक जुटाउन भने त्यति सजिलो छैन । किनभने त्रिभुव विमानस्थलबाट गृह जिल्लासम्म शव पुर्याउने जिम्मेवारी लिएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डसँग पनि यो तथ्यांक छैन । त्यहाँ सहयोग माग्न आउनेको मात्र उससँग तथ्यांक छ ।

विमानस्थलले सँधै शवको तथ्यांक इन्ट्रिी गर्ने गरेको छैन । यतिमात्र होइन, अवैध रुपमा वैदेशिक रोजगारीमा गएर मृत्यु भएकाहरुको संख्या पनि ठूलो छ तर, यो विषयमा पनि कुनै आधिकारिक जानकारी सरकारी एजेन्सीहरुसँग पाउन मुश्किल छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार