झापा, माघ ९ । पर्यटन एवं नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वाईट बडि प्रकारण सम्बन्धमा छानविन भईरहेको र उक्त अनुसन्धान प्रतिवेदनको अाधारमा दाेषी जो कोही भएपनि कारवाही हुने बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर झापाको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले उक्त जहाज खरिद प्रक्रिया अघिल्लो सरकारकै पालामा भएको कारण आफूहरु प्रतिको आरोप झुठो भएको बताए । उनले अनुसन्धानको प्रतिबेदनलाई सबैले मान्न पर्ने र प्रतिबेदनका आधारमा जो कोहिले पनि सजायँ भोग्नुपर्ने बताएका छन् ।

फरक प्रसंगमा मन्त्री अधिकारीले आन्तरिक तथा अन्तर्राष्ट्रिय एयरपोर्ट व्यवस्थापनमा विषेश ध्यान दिएको र यस वर्ष नेपाल भ्रमणको लागि लक्ष्य अनुरुप नजिक पुगेकाे समेत बताए ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार