बाजुरा, ९ माघ। चट्याङ लागेर आज यहाँ ५२ भेडा मरेका छन् । जिल्लाको बडिमालिका नगरपालिका–७ चुथीको जङ्गलमा चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।
भेडा बूढीनन्दा नगरपालिका–४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो । चुथीको जङ्गलमा एकै साथ चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमा नै मरेको प्रमुख भाटको भनाइ छ ।

चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन आज मात्र तयार पारिएको उहाँले जानकारी दिनुभयो । साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करीब पाँच लाखभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए । ब्याउने सहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ ।
त्यस्तै चट्याङकै कारण रेडियो बार्जुको स्टेशनमा पनि ठूलो क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेशिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताउनुभयो । ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ । चट्याङकै कारण त्रिवेणी नगरपालिकामा पनि एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




