काठमाडौं– आफूहरुको चरित्र हत्या गरेको भन्दै एभिन्यूज टेलिभिजनका तीन जना पत्रकारले नेपाल पत्रकार महासंघमा उजुरी दिएका छन् । टेलिभिनबाट राजीनामा नै नदिई सरसामान बरबुझारथ गर्न व्यवस्थापनले एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै पत्रकार त्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्यालले महासंघमा उजुरी दिएका हुन् ।
पीडित पत्रकारको उजुरीपछि महासंघका सचिव रामप्रसाद दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै पत्रकारले राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशिन गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको जनाएका छन् ।
महासंघले सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारहरुको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गरेको छ ।
अन्यथा महासंघले श्रमजीवीको पक्षमा कदम चाल्न बाध्य चेतावनी दिएको छ ।
महासंघको विज्ञप्ती
सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशित गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको महासंघको ठहर
मिति : २०७५।१०।२८
एभिन्यूज टेलिभिजनमा कार्यरत तीन जना पत्रकारलाई राजीनामा नै नगरी व्यवस्थापन पक्षबाट सरसामान बरबुझारथ गर्न एक्कासि पत्रिकामा सूचना प्रकाशन गरेको भनी पीडित पत्रकारका पक्षबाट नेपाल पत्रकार महासंघमा प्राप्त उजुरीप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पत्रकारत्रय बालकृष्ण शर्मा, पुण्यप्रसाद धमला र दीपक अर्याललाई एक दैनिकमा सूचना प्रकाशित गरी टेलिभिजनका सरसामान ३ दिनभित्र बुझाउनु भनी व्यवस्थापन पक्षबाट मानसिक तनाव दिने र चरित्र हत्या गर्ने काम भएको निवेदनमा उल्लेख छ ।
श्रमजीवी पत्रकार ऐनलाई पूर्ण कार्यान्वयन ल्याउन महासंघले अभियान सञ्चालन गरिरहेको अवस्थामा पत्रकारलाई राजीनामा नै नगरी सरसामान बरबुझारथ गर्नु भनी सूचना प्रकाशित गरेबाट श्रमजीवी पत्रकारहरुको मानप्रतिष्ठामा आघात पुगेको महासंघको ठहर छ । महासंघ सो सूचनाप्रति क्षमा याचना गरी श्रमजीवी पत्रकारहरुको स्वाभिमानको सम्मान गर्न टेलिभिजन व्यवस्थापनसँग माग गर्दछ । अन्यथा महासंघ श्रमजीवीको पक्षमा कदम चाल्न बाध्य हुनेतर्फ पनि सचेत गराउँदछ ।
…………………
रामप्रसाद दाहाल
सचिव
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




