ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ। बम बिस्फोटमा परी २ जना घाइते भएका छन्।

घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अर्का एक जना नाम नखुलेको व्यक्ति घाइते भएका छन्। उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा नख्खुस्थित एनसेलको मुख्यालय गेटको अगाडि भयानक आवाजसहित भएको बिस्फोटले वरिपरिका अधिकांश घरका सिसा फुटेका छन्।

बाटो हिड्दै गरेका दुई जना गम्भीर घाइते भएका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार