टंक कुवँर धनगढी–टीकापुर घटना भएको साढे तीन वर्षपछि बुधबार जिल्ला अदालत कैलालीले फैसला सुनाएको छ ।
फैसलाअनुसार रेशम चौधरी सहित ११ जनामाथि जन्मकैदको सजाय सुनाइएको छ । यो फैसलापछि ९ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाका पीडितले न्यायको अनुभूति पाएको प्रतिक्रिया दिएका छन् ।
२०७२ भदौ ७ गते टीकापुर घटनामा ज्यान गुमाएका डेढ बर्षीय बालक टेक बहादुर साउदका बुवा नेत्र साउदले ढिलै भएपनि अदालतको फैसलाले आफूलाई न्यायको अनुभूति भएको बताए । ‘छोरा गुमाउँदाको पीडा त छदै छ तर अदालतको आजको फैसलाले अत्यधिक खुशी पनि लागेको छ, निर्दोषले छुट्ने मौका पाए र दोषीलाई कारबाही हुने भयो’, उनले भने ।
त्यसैगरी घटनामा ज्यान गुमाएका सशस्त्र प्रहरी बलका वरिष्ष् हवल्दार ललित साउदका दाजु सुरत साउदले पनि फैसलाबाट न्याय मिलेको अनुभूति भएको बताए । उनले भने, ‘फैसला चाँडै हुनुपर्ने थियो तर ढिलै भएपनि न्याय पाइयो अत्यधिक खुशी लाग्यो ।’
यता जिल्ला अदालतबाट गरिएको सो फैसलामा थारुहट पक्षधरले तत्काल कुनै प्रतिक्रिया नदिने भएको छ ।
थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति प्रभातकुमार चौधरीले तत्काल कुनै प्रतिक्रिया नदिने निर्णय भएको बताए । फैसलापछि आफूहरुले बैठक बोलाएको र त्यसपछि मात्र लिखित रुपमा वक्तव्य जारी गर्ने उनले बताए ।
अभियुक्तहरुको पक्षबाट बहस गरेका अधिवक्ता गंगाराम पाध्यायले पनि अदालतले गरेको फैसलाप्रति आफ्नो कुनै प्रतिक्रिया नरहेको बताए ।
बुधबार जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले जिल्ला अदालतले चौधरीसहितका ११ जना प्रतिवादीहरु हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय सुनाएको थियो ।
यस्तै प्रतिवादीहरु लक्ष्मण थारु चौधरी, लाहुलाम चौधरी रामकुमार कठरिया सन्तराम चौधरी, विश्रम भन्ने जीतबहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दील बहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी तुलसी राम चौधरी र रामप्रसाद चौधरीलाई ३ वर्ष कैदको सजाय सुनाइएको छ । यी प्रतिवादीमध्ये शून्यराम चौधरी फागुन ३० रिहा हुने फैसलामा उल्लेख छ ।
०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा चौधरीसहित ५८ जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मार्ने उद्योग र डाकामुद्दा दायर भएको थियो । ५८ जना प्रतिवादीहरुमध्ये ३१ जना फरार रहेका र २७ जना पुर्पक्षका लागि थुनामा रहेको अदालतको फैसलामा उल्लेख छ । उक्त मुद्धाको फैसलाअनुसार फरार रहेका ३१ जना प्रतिवादीहरुको हकमा मुद्धा मुद्धा मुल्तवीमा रहने ठहर गरेको छ ।
जन्मकैदको फैसला सुनाइएका अरोपीहरुमध्ये श्रवण चौधरी नाबालक भएकोले उनलाई बालबालिका सम्बन्धी ऐन २०४८ को दफा ११ ९३० अनुसार आधा सजाय अर्थात १० वर्षमात्र कैद सजाय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




