काठमाडौं– पत्नि सीता दाहालको उपचारका लागि अमेरिका भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षविरुद्ध गत आइतबार अमेरिकामा उजुरी पर्यो। केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा तिलक श्रेष्ठले अध्यक्ष दाहालविरुद्ध उजुरी गरेका हुन्। उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका थिए। उनले दायर गरेको उजुरीपत्रमा प्रचण्डलाई आतंककारी भनिएको छ। ‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन्। उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए।
उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ।श्रेष्ठ हाल केन्टुकी स्टेट युनिभर्सिटीमा रिसर्च एसोसिएटका रुपमा कार्यरत रहेको विश्वविद्यालयको वेवसाइटमा उल्लेख छ। उनले यसअघि नर्थ एलाबामा सेन्टर फर एजुकेशन एक्सिलेन्समा शिक्षाविद्का रुपमा काम गरेका थिए। उनले युनिभर्सिटी अफ फ्लोरीडामा भौगर्भिक इन्जिनियरिङ विषयको अध्ययन गरेका थिए। विद्यालयीय शिक्षा काठमाडौंको पद्मोदय हाइ स्कुलबाट पूरा गरेका श्रेष्ठ विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। उनी हाल अमेरिकाको हन्टभिल्ला अल्बामामा बस्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




