काठमाण्डौं – वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् २०१९ को कोरियन भाषा परीक्षाबाट उत्तीर्ण भएर कोरिया जान पाउने नेपालीको सङ्ख्यामा नझुक्किन आग्रह गरेको छ ।
यो वर्ष कोरियाले १० हजार ५० जना नेपाली कामदार लाने भनेर आइरहेका कुरा सत्य नभएको भन्दै ईपीएस कोरिया शाखाले यो सङ्ख्या पहिलो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्या मात्रै भएको स्पष्ट पारेको छ ।
शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले उज्यालोलाई भन्नुभयो, ‘१० हजार ५० जना भनेको कोरिया जान पाउने सङ्ख्या होइन, यो पहिलो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुने सङ्ख्या मात्रै हो ।’
यसअघि भाषा परीक्षाबाट उत्तीर्णहरु जान पाउने भएपनि यो वर्षबाट भाषा परीक्षासँगै सीप परीक्षणमा पनि उत्तीर्ण हुनुपर्नेछ । सीप परीक्षणमा उत्तीर्ण नहुने व्यक्ति कोरिया जान नपाउने पनि शाखाले स्पष्ट पारेको छ ।
सीप परीक्षणमा कामसँग सम्बन्धित सीपको परीक्षण हुने भएपनि त्यस विषयको जानकारी भाषा परीषाको नतिजासँगै गराइने शाखाले जनाएको छ । सन् २००८ बाट कोरियन भाषा परीक्षामा सीप परीक्षण गरिँदै आए पनि त्यसलाई नतिजामा जोडिएको थिएन ।
सन् २०१७ र १८ मा सीप परीक्षण गरिएको थिएन । तर यो वर्षबाट सीप परीक्षणलाई अनिवार्य गरिएको हो ।
प्रश्नको सङ्ख्या घट्यो
यस अघि २५ वटा पढेर उत्तर दिने र २५ वटा सुनेर उत्तर दिने गरी ५० वटा प्रश्न हुने गरेकोमा यो वर्ष पढ्ने र सुन्ने प्रश्नको सङ्ख्या घटाएर २०/२० वटा हुनेछन् । परीक्षामा उत्पादनमूलक क्षेत्र तर्फ ४७ दशमलव ५ वा त्योभन्दा धेरै र कृषि तर्फ ३६ अंक ल्याउनेहरुमध्ये धेरै उच्च अंक ल्याउनेहरुबाट छनौट गरिने छ ।
यो वर्ष पहिलो चरणको भाषा परीक्षाबाट उत्पादनमूलक क्षेत्र तर्फ ७ हजार ५० र कृषि तर्फ ३ हजार परिक्षार्थी छनौट हुनेछन् । भाषा परीक्षाबाट उत्तीर्ण १० हजार ५० जनाको सीप र क्षमता परीक्षण गरिनेछ ।
त्यसमा उत्तीर्ण भएका व्यक्ति मात्रै रोजगारीका लागि कोरिया जान पाउने ईपिएस कोरिया शाखाले जनाएको छ । सीप र अनुभव परीक्षणमा सम्बन्धित कामको अनुभव, तालिम, शैक्षिक पृष्ठभूमी र प्रमाणपत्रलाई आधार मानिने शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
‘उदाहरणका लागि उत्पादनमूलक क्षेत्रमा जाने व्यक्तिलाई १० नम्बरको पेन्चीस ल्याउनु भन्दा उसले भाषा बुझेर त्यो ल्याउन सक्छ कि सक्दैन भनेर हेर्ने होला ।’ शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भन्नुभयो, ‘अनि नट बोल्ट कस्न लगाउँदा जान्दछ कि जान्दैन भनेर हेर्ने होला । उसको कामसँग सम्बन्धित यस्तै सीपको परीक्षण गरिन्छ ।’
परीक्षाको फारम भोलिदेखि खुल्ने
परीक्षाको फारम भोलि शुक्रबारबाट खुल्ने भएको छ । शुक्रबारबाट खुल्ने फारम चैत १७ गतेसम्म भर्न सकिने ईपिएस कोरिया शाखाले जनाएको छ । यस पटक अनलाइनबाटै भर्न सकिने व्यवस्था गरिएको परीक्षाको फारम १८ वर्षदेखि ३९ वर्षसम्मका व्यक्तिले भर्न सक्नेछन् ।
eoers.epsnepal.gov.np मा गएर अनलाइनबाटै फारम भर्न सकिनेछ । परीक्षा दिन जाँदा फारम भरेपछि परिक्षार्थीको इमेलमा आउने प्रवेशपत्रको रंगीन प्रिन्ट र सक्कल एमआरपी अनिवार्य रुपमा लानुपर्छ । २०७६ जेठ २५ र २६ गते सञ्चालन हुने परीक्षाको नतिजा असार १३ गते प्रकाशित हुनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




