सो सम्बन्धी सम्झौतापत्रमा जापानको एनपीओ लालीगुराँस क्लबकी अध्यक्ष एकेमी मिजुबा र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले शुक्रबार आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन्  । नेपाली पारा टोलीले आगामी अगष्ट पहिलो साता जापानको भ्रमण गर्नेछ ।

सम्झौतापछि एनपीओ लालीगुराँस क्लबकी अध्यक्ष मिजुबाले जापानमा हुने प्रशिक्षण नेपाली पारा खेलाडीका लागि लाभदायक हुने बताइन् । नेपाल तेक्वान्दो संघका अध्यक्ष राणाले जापानमा हुने प्रशिक्षण ओलम्पिकका लागि उपलब्धिमुलक हुने विश्वास व्यक्त गरे ।

लालीगुराँस नेपालका अध्यक्ष रोशन श्रेष्ठको विशेष पहलमा जापानले पारा खेलाडीलाई प्रशिक्षण दिन लागेको हो । जापान जाने खेलाडी तथा प्रशिक्षकको सम्पूर्ण खर्च मिकी सिटी महानगरपालिकाले बेहोर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार