काठमाडौँ । विनाशकारी हावाहुरीका कारण प्रभावित भएकाहरुको परिवारलाई गैरआवासिय नेपाली संघ (एनआरएन) ले राहत वितरण गर्न सुरु गरेको छ ।

संघका उपाध्यक्ष कुमार पन्त, सल्लाहकार रामेश्वर शाह, रतन झा सहितको टोलीले प्रभावित क्षेत्र बाराको फेटास्थित पुरिया गाउँबासीलाई राहत वितरण सुरु गरेको हो ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको सल्लाहमा बाराको पुरिया गाउँका ५०० घर धुरीलाई २५ किलो चामल, ५ किलो आलु, २ किलो दाल र १ लिटर तेल बितरण आजदेखि सुरु गरिएको पन्तले जानकारी दिनुभयो ।

प्रभावित क्षेत्रमा हिजो बेलुकी पुगेको टोलीले आजदेखि राहत वितरण सुरु गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार