काठमाडौं– नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
मंगलबार नेपाली सेनाको भर्ना छनोट निर्देशानालय, कार्यरथी विभागले आज एक विज्ञापन आह्वान गर्दै लेखा जमदार कर्मचारी (लेखा जम.क.), सहायक पण्डित हुद्धा (स.प.हु.), अमल्दार कर्मचारी (अ.क.), सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य बाद्यय बादन (ब्रास ब्याण्ड) तथा विभिन्न ट्रेडका फलोअर्स पदहरुको लागि दरखास्त आह्वान गरेको हो ।
जसअनुसार खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने विज्ञापनमा उल्लेख गरिएको छ । भर्नाका लागि विभिन्न केन्द्रहरु छनौट गरिएको छ । ईच्छुक नेपाली नागरिकले तोकिएको भर्ना केन्द्रमा गई १० रुपैयाँको टिकट टासी दरखास्त पेश गर्न सक्नेछन् ।
ईच्छुक उम्मेदवार बैशाख ३ गतेदेखि जेठ १ गतेभित्र र दोब्बर दस्तुर तिरेर थप एक साताभित्र तोकिएको स्थानमा सम्पर्क राख्ने सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




