काठमाडौं । धनुषाकी १६ वर्षीया निर्मला यादव जन्मघर त्यागेर मुकेशकुमार यादवको घरमा भित्रिएको १० महिना भएको छैन । तर, सबथोक त्यागेर आएका उनी मुकेशले पेट्रोल छर्केर आगो लगाएरपछि निर्मला अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् ।
उनको शरीरको ३५ प्रतिशतभन्दा बढी भाग जलेको छ । कीर्तिपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत निर्मलाका अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।
१८ वर्षका मुकेशकुमार यादवले वैशाख पाँच गते दिउँसो साढे चार वजेतिर पेट्रोल छर्केर आगो लगाएका हुन् । विहान श्रीमानसँग सामान्य झगडा भएको र त्यसकै निहुँमा दिउँसो आगो लगाएको उपचारत निर्मलाले बताइन् । ‘विहान खान खान आउनुस् भनेर बोलाउँदा किन बोलाएको भन्दै झगडा गर्न तम्सनुभयो, कुटपिट गर्नुभयो । चार वजेतिर मदिरा सेवन गरेर आएर यो हालत बनाउनुभयो’, निर्मलाले आँशु झार्दै भनिन् ।
निर्मलाका आफन्त सोनु यादवकाअनुसार घटनाको बेला परिवारको अन्य सदस्य खेतमा काम गर्न गएका थिए ।
दिउँसोको त्यस्तै साढे चार बजेको थियो । मुकेशले पेट्रोल किनेर ल्याए । पेट्रोल किराना पसलमा राखेर घर छिरे । उनीहरुको किराना पसल छ । त्यतिबेला मुकेश मदिराले मात्तिएका थिए ।
श्रीमतीसँग केहीबेर झगडा गरेपछि मुकेशकुमारले तानेर कोठामा पुर्याए, कुटपिट गरे । दराजका कपडाहरु झिकेर छरपस्ट पारे । किराना पसलमा गएर बोटलको पेट्रोल ल्याए र निमर्लाको शरिरमा छर्कन थाले । सलाई कोरेर आगो लगाए र ढोका थुनेर भागे ।
शरीर बोलिरह्यो, निर्मला चिच्याइरहिन् । निर्मलाको चिच्चाहट छिमेकीको कानसम्म पुग्यो । तत्काल छिमेकी घरमा आए र निर्मलाको शरिरमाथि पानी खन्याए । यो खवर आफन्तसम्म पुगेपछि उनीहरु घर फर्किए र निर्मलालाई जनकपुर अञ्चल अस्पताल पुर्याए ।
अस्पतालले काठमाडौं रिफर गर्यो । निर्मलालाई शनिबार साँझ कीर्तिपुर अस्पतालमा भर्ना गरिएको छ ।
निर्मलाको कुम र छातीभन्दा तलको भाग जलेको छ । उनी सुस्तरी बोल्न त सक्छिन् तर, चलमलाउन सक्दिनिन् ।
अस्पतालका डा. सुरेन्द्रजंग बस्नेतले निर्मलाको ३५ प्रतिशत बढी शरीर जलेको बताए । ४० प्रतिशतभन्दा बढी जलेको मानिसलाई बचाउन नसकिने उल्लेख गर्दै उनले निर्मलाको अवस्थामा पनि एक हप्तासम्म केही भन्न नसकिने जानकारी दिए ।
निर्मलाको जलेका भागको मासु झिकेर छाला प्रत्यारोपण गर्छ । ‘यो ढिलो गर्यो भने मासु कुहिएर संक्रमण फैलने डर हुन्छ । विस्तारै मुटु, मिर्गौला, छातीमा हान्न सक्छ’, डा. बस्नेतले भन्छन्, ‘तर, छाला परिवर्तन गर्न परिवारले अनुमति दिइसक्नु भएको छैन ।’
चार लाखबढी दाइजो
धनुषा कमलानगरपालिका-५ की निर्मलाको १० महिनाअघि सहिद नगरपालिका-१, चिरैयामा बिहे भएको थियो ।
नौ लाख रुपैयाँ कर्जा लिएर बहिनीको बिहे गरेको निर्मलाका दाई राकेश यादव बताउँछन् । बिहेमा तीन लाख क्यास, डेढ तोला सुन र केही जिन्सी दाइजो दिएको उनले बताए ।
मामाले राम्रो केटा छ भनेपछि बिहे गरिदिएको उनको भनाइ छ । वहिनीको विहेकै कारण राकेशको परिवार ऋणमा फसेको छ ।
तर, निर्मलाका श्रीमान मुकेशकुमारले मदिरा मात्र नभएर ड्रग्स पनि सेवन गर्ने मुकेशकै भाउजु सिपमादेवीले बताइन् । फरार मुकेशकुमारलाई प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन ।
अनलाईनखबरबाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




