धादिङ । धादिङको निलकण्ठ नगरपालिका र जापानको इसोहारा नगरपालिका बीच विकासमा साझेदारी र साँस्कृतीक आदान प्रदान गरिएको छ । जापान र नेपालको धर्म, सम्प्रदाय र प्रकृती कतिपय पक्षहरु मिल्ने भएकोले जापानको इसोहारा नगरपालिकाका र निलकण्ठ नगरपालिका मिलेर अगाडी बढ्ने मेयर भिम प्रसाद ढुङगानाले बताउनु भयो । नीलकण्ठ नगरपालिका र जापानको इसोहारा नगरपालिका बीचको सम्बन्ध कायम गर्नुका साथै एउटा अनुभव आदान प्रदान गर्ने उद्धेश्यले भेटघाट कार्यक्रम राखिएको ढुङगानाले बताउनु भयो ।

निलकण्ठ नगरपालिकाको विकासका लागि के कस्ता काम गर्न सकिन्छ साथै धर्म रितिरिवाज र परम्परालाई विस्तार गर्ने उद्धेश्यले जापानका १० जना टोली नीलकण्ठ नगरपालिका भ्रमणमा आउनुभएको हो । जापानको विकास निर्माणका पक्षहरु शिक्षा, स्वास्थ्य, यातायात जस्ता क्षेत्रमा भएको विकास नेपालमा पनि सिकाउन सकियो भने अगाडी बढ्न सक्ने ढुङगानाले बताउनु भयो ।
१ वर्ष अगाडी देखि जापानको इसोहारा नगरपालिकाका उपप्रमुख तथा कोची विश्व विद्यालयले सहजीकरण गदै आएको छ ।जापानी टोलीहरुलाई निलकण्ठ नगरपालिकाका सबै व्यक्तिहरुले फुल तथा नेपाली टोपी लगाई लिएर स्वागत गरेका थिए ।

धादिङ्का अनलाईन समाचारबाट साभार


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार