पूर्वमन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीका स्मृतिमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान स्थापना भएको छ।
सोही प्रतिष्ठानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपरान्ह गरेका छन्।
कार्यक्रम दौरान प्रधानमन्त्री ओलीले स्व. रवीन्द्रका कान्छा छोरालाई साथमा लिइ आत्मियता बढाएका थिए।
कार्यक्रममा उनले स्वराजलाई काखमा लिइ भलाकुसारी गरिरहेका थिए।
प्रधानमन्त्री ओलीले रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई सरकारको तर्फबाट एक करोड सहयोग गर्ने बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।
उनको सम्झनामा पत्नी विद्या भट्टराई अध्यक्ष रहेको प्रतिष्ठान गठन गरिएको छ।
प्रतिष्ठान तदर्थ समितिका अध्यक्षमा नेता अधिकारीकी पत्नी विद्या भट्टराई, उपाध्यक्षमा गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा र महासचिवमा धनराज आचार्य रहेका छन्।
यसमा तीन किसिमका सदस्यता रहने बताइएको छ।
साधारण सदस्यका लागि रु पाँच सय र आजीवन सदस्यका लागि रु पाँच हजार तथा विशिष्ट सदस्यका लागि रु एक लाख शुल्क लाग्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




