मल्लकालीन ग्रन्थकुट शैलीमै बनाउने भनिएको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको डिजाइन तयार भएको छ।
यही डिजाइनअनुसार अब मन्दिर निर्माण सुरू गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मंगलबार निर्माण कम्पनीसँग सम्झौता गरेको छ।
प्राधिकरणका अनुसार बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरि बगैंचा पुनर्निर्माण गर्न सिए/तुलसी कन्ट्रक्सन जेभीबीच सम्झौता भएको हो।
सम्झौतापत्रमा प्राधिकरण तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ छ।
प्राधिकरण प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा हुन लागेको बताए।
‘उपभोक्ता समितिमार्फत् रानीपोखरी पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढ्नेछ,’ उनले भने।
रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापित र निर्माण कम्पनीले आफूहरू समन्वय गरेर काम गर्ने बताएका छन्। भाइटीकासम्म निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
२०७२ को भुइँचालोमा भत्किएको रानीपोखरी उपभोक्ता समितिले बनाइरहेको छ। यसका लागि भक्तपुरका करिब ३० महिला र ८ डकर्मी खटिएका छन्। यी तिनै दिदीहरू हुन्, जसले भक्तपुरको रानीपोखरी निर्माण गरेका थिए।
भक्तपुरे दिदीहरूको टोलीले रानीपोखरीको झार र घाँस उखेलेर सकेका छन्। उनीहरूले पोखरी वरिपरिको भित्तामा माअप्पा (प्राचीन इँट्टा) लगाउने काम गरिरहेका छन्।
केही साताअघि प्राधिकरणले गरेको परीक्षणले रानीपोखरीमा प्राकृतिक रूपमै पानी अड्याउन सकिने पनि पुष्टि गरेको थियो। परीक्षणमा दुई साना पोखरी बनाइएको थियो। तल कालोमाटो मुछेर ओछ्याउने विधिले पानी अडिएपछि प्राधिकरणले अब पोखरी ब्युँताउन सहज हुने विश्वास गरेको छ।

योजनाअनुसार पोखरीमा डेढ मिटर कालोमाटोको तह राखिनेछ। यो माटो मेसिनले मुछेर राखिने भएको हो।
‘डमी पोखरीको एउटा कोठामा खुट्टाले मुछेको र अर्कोमा मेसिनले मुछेको कालोमाटो हालेर परीक्षण गरेका हौं,’ प्राधिकरणका सम्पदा महाशाखा प्रमुख शिवहरि शर्माले भने, ‘दुवैको नतिजा राम्रो छ। खुट्टाले माटो मुछ्दा जनशक्ति र खर्च धेरै हुनाले अब मेसिनले मुछेकै माटो प्रयोग गर्ने तयारी छ।’
रानीपोखरी पुनर्निर्माणको सबभन्दा ठूलो चुनौती नै प्राकृतिक रूपमा पानी अड्याउन सकिन्छ कि सकिँदैन भन्ने थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




