३ साउन, धनगढी । धनगढी उपमहानगरपालिका–४, शहीद गेटस्थित नीलम होटलमा बिहीबार भएको बम विस्फोटमा घाइते ५ मध्ये १ जनाको मृत्यु भएको छ ।
विस्फोटमा परी गम्भीर घाइते राम सिंहको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा गएराति ११ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीले पुष्टि गरेको छ ।
घाइते भएसँगै माया मेट्रो अस्पताल पुर्याइएका सिंहलाई चिकित्सकले तत्काल बाहिर लैजान सिफारिस गरेका थिए । तर, थप उपचारका लागि बाहिर लैजाने प्रयास हुँदाहुँदै समय अभावमा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
उनको शव अहिले पोस्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ ।
सिंह बझाङका स्थायी बासिन्दा हुन् । उनी विप्लव समूहको कार्यकर्ता भएको प्रहरी भनाइ छ ।
बम विष्फोटमा कञ्चनपुरको बेलौरी–५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी–४, बोराडाडीका केशवराज पाण्डे घाइते भएका छन् । उनीहरू सबैको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । onlinekhabar बाट
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




