काठमाडौं । बुटवल क्षेत्रमा गुन्डागर्दी गर्दागर्दै मनोज पुन प्रहरीबाट जोगिन एमालेमा आबद्ध भए । तर, एमालेले उनलाई कारबाही गर्यो । त्यसपछि उनले चार वर्षअघि धम्की र असुलीको धन्दा सुरु गरे । तर, सोचेअनुसार कमाउन सकेका थिएनन् । उनको उद्देश्य नै चर्चित माफिया डन दाउद इब्राहिमजस्तो भूमिगत भएर पैसा कमाउने थियो । उनले त्यही सिको गरे । भारतमा गए । प्रहरीलाई कसरी प्रविधिमा झुक्याउन सकिन्छ, सिके । त्यसपछि नेपालमा व्यवसायीहरूलाई धम्क्याउन थाले ।
केही व्यवसायीले हुन्डीमार्फत उनलाई फिरौती दिए, केहीले दिएनन् । त्यसपछि अरूलाई तर्साउन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या योजना बनाए । तिवारीसँग उनको व्यक्तिगत रिस पनि थियो । सोहीकारण उनले तिवारीलाई आफ्नो निशाना बनाए । लगत्तै उनले आफूले हत्या गरेको भन्दै इप्रका बुटवलका तत्कालीन डिएसपी मुकुन्द मरासनीलाई फोन गरी पुनले जिम्मा लिएका थिए । प्रहरीले एक महिना लामो अनुसन्धानपछि उनका सहयोगीलाई पक्राउ गर्यो, तर पुनलाई पक्राउ गर्न सकेन । उनलाई पक्राउ गर्न पटकपटक प्रहरी भारत गए पनि सफल हुन सकेन ।
प्रहरीले पाएको सूचनाअुनसार उनले अर्कै नाममा भुटानी पासपोर्ट बनाइसकेका छन् । सोही पासपोर्ट प्रयोग गरी उनी विदेश जाने गर्दछन् । त्यस्तै उनी रसियन प्रेमिकासँग बस्दै आएका छन् । पक्राउ पर्ने डरले उनी फोन प्रयोग गर्दैनन्, भारतकै विभिन्न सहरहरूमा घुम्ने गरेका छन् । उनलाई भारतमा केही व्यक्तिहरूले समेत संरक्षण गरेको आकलन गरिएको छ ।

मनोज पुन
हुन्डी र प्रविधिले प्रहरी दबाबमा
गौचन हत्यामा संलग्नहरू पक्राउ गर्न नेपाल प्रहरीका अनुसन्धानमा अब्बल सबै दुई दर्जन प्रहरी अधिकारीहरू आबद्ध थिए । तर पनि उनीहरूले गिरोहका नाइकेहरू कसैलाई पक्राउ गर्न सकेनन् । किनकि उनीहरूले प्रहरीले भन्दा आधुनिक प्रविधिको प्रयोग गरेका थिए । प्रहरीको सबै अनुसन्धान विधि थाहा थियो ।
उनीहरूले स्काइपमार्फत मात्र एकअर्काबीच फोन गर्दथे । व्यवसायीलाई धम्क्याउँदा पनि डिङटोन नामक एप्लिकेसन प्रयोग गर्दथे । जसबाट प्रोक्सी सर्भरबाट फोन जाने भएकाले अनुसन्धान गर्नै सम्भव नभएको प्रहरी अधिकारीहरू बताउँछन् । त्यसैको फाइदा उठाउँदै उनीहरू विदेशमा लुकेर धम्क्याउँदै पैसा असुलिरहेका छन् । प्रविधिमा राज्यले सहयोग नगर्दा आफूहरूलाई अपराध अनुसन्धानमा समस्या भएको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनी बताउँछन् ।
पैसा पनि उनीहरूले हुन्डीबाट लिने गरेका छन् । हुन्डीबाट पनि सीधै भारतमा मगाउँदैनन् । दुबईमा पठाउन लगाएर दुबईबाट भारतमा बुझ्ने गरेका छन् । हुन्डी कारोबारका कारण अपराध नियन्त्रण निकै कठिन हुँदै गएको डिआइजी केसी बताउँछन् । नयापत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




