अछाम, १२ मंसिर । मंगलबार साँझ नेपाली सेनाको गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। लु १ ग २७८ नम्बरको ट्रक ७ बजेतिर साफेबगर मंगलसेन सडक खण्डको तिमिल्सेनको ओरालोमा दुर्घटनाग्रस्त भएको हो।
अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार सिपाही नारायणसिंह महरा र रमेश कठायतको अवस्था गम्भीर छ।
उनीहरु त्रिपुरा गुल्म दिपायलमा कार्यरत थिए। घाइते सबैको बयलपाटा अस्पतालमा उपचार भइराखेको छ। बाजुरामा निर्वाचन सुरक्षामा खटिएको सेनाको टोली चढेको गाडी अछाम आउँदै गर्दा दुर्घटनामा परेको हो। ब्रेकफेल हुँदा गाडी दुर्घटनामा परेको प्रहरी अनुमान छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
लोकप्रिय
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
ताजा खबर
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




