
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय सरकारको वेबसाइट तयार गरेको छ । वेबसाइट अद्यावधिक गरे-नगरेको, सरकारले गरेका निर्णय-सूचनालगायत अपलोड गरे–नगरेको, आय–व्ययको विवरण, विद्युतीय सेवा प्रवाहलगायत आधारमा ती वेबसाइटलाई मन्त्रालयले स्तरीकृत (र्यांकिङ) गर्नेछ । आजको नयाँ पत्रिकामा खबर छ ।
‘यसले स्थानीय सरकारपिच्छे फरक ढाँचा हुनबाट बचाएको छ, उत्तरदायी र पारदर्शिता वृद्धि गर्नुको साथै सूचना प्रवाहमा हुने फरकपनालाई अन्त्य गर्नेछ,’ मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले भने ।
मन्त्रालयले स्थानीय सरकारको वेबसाइट र जिआइएस म्यापलगायत समेटेर मोबाइल एप्स पनि तयार गरेको छ । प्रयोगकर्तालाई एप्स प्रयोग गर्ने तरिकालगायतका जानकारी दिन प्रयोगकर्तापुस्तिका र भिडियो ट्युटोरियलसमेत बनाइएको छ । सो पुस्तिका र ट्युटोरियल अहिले मन्त्रालयको वेबसाइटमा प्राप्त गर्न सकिने व्यवस्था गरिएको सूचना तथा विद्युतीय शासन शाखा अधिकृत देवेन्द्रकुमार झाले बताए ।
एप्समा के–के छ ?
स्थानीय निकायबारे जानकार दिने मोबाइल एप्सको सुरुवातले भौगोलिक रूपले विकट रहेका स्थानीय तहको सूचना प्राप्त गर्न सकिने र स्थानीय तहलाई जनताको अझ नजिक पुर्याउने मन्त्रालयको विश्वास छ । सो एप्स तत्कालका लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर डाउनलोड गरी हेर्न सकिनेछ । एप्समा स्थानीय सरकार र त्यसअन्तर्गतका वडासम्मको जानकारी उपलब्ध छ ।
विशेषगरी जनसंख्या, क्षेत्रफल, जिल्लामा रहेका स्थानीय तह र वडाको संख्यालगायत विवरण एप्सबाट सहजै हेर्न सकिनेछ । अहिले मन्त्रालयको वेबसाइट mofald gov.np मा राखिएको जिआइएस म्याप क्लिक गरेर पनि स्थानीय तहको नक्सासहित विस्तृत जानकारी थाहा पाउन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




