अमेरिकी अर्थमन्त्री बेस्सेन्ट आगामी सोमबार जापान भ्रमणमा जाने, विनिमय दर र आर्थिक सुरक्षाबारे छलफल हुने
काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेस्सेन्ट आगामी सोमबार (मे १३) सम्म जापान भ्रमणमा जाने भएका छन् । जापानी अधिकारीहरूसँग विदेशी विनिमय दर र आर्थिक सुरक्षासम्बन्धी विषयमा छलफल गर्न उनी जापान जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भ्रमणका क्रममा उनले जापानकी प्रधानमन्त्री सानाए ताकाइची, अर्थमन्त्री सात्सुकी कतायामा तथा बैंक अफ जापानका गभर्नर काजुओ उएदासँग भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ...

