मेलम्ची खानेपानी आयोजना छिटो पुरा गर्न प्रधानमन्त्रिको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्धारित समयमै मेलम्ची खानेपानी आयोजना पूरा गर्न निर्देशन दिएका छन् । आयोजनाको प्रगति बुझ्न आज सिन्धुपाल्चोकको मेलम्ची पुगेका प्रधानमन्त्री देउवाले ‘सन् २०११ देखि काठमाडौंमा पानी आउँछ–आउँछ भनेर हल्ला गरेजस्तो मात्र भइरहेको भन्दै’ सक्दो छिटो काम सक्न आयोजनाका अधिकारीलाई निर्देशन दिएका हुन् । आयोजना स्थलको इन्टेक ड्याम र सुरुङको अवलोकन गरेका प्रधानमन्त्री देउवाले आवश्यक सबै स्रोत–साधन उपलब्ध गराउन...