रौतहट घटनाको छानबिन थलिएको गृहमन्त्री शर्मा भनाई

श्रावण २५ गृहमन्त्री जनार्दन शर्माले रौतहट घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका निर्माण व्यवसायीलाई छोडिएको बताएका छन् । केही दिनअघि रौतहटको गरुडामा सडकको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको ज्यान गएको थियो । प्रमुख प्रतिपक्षी दल एमालेले अघिल्लो बैठकमा अबरोध गर्दै घटनाबारे प्रष्ट पार्न दबाब दिए अनुसार जवाफका लागि आज सदनमा उपस्थित भएका गृहमन्त्री शर्माले व्यवसायीकै आग्रहमा नियन्त्रणमा लिइएका व्यक्तिलाई तारेखमा छोडिएको...