घनश्यामलाई मदन पुरस्कार, वात्स्यायनलाई जगदम्बा श्री

काठमाडौँ, भाद्र ११ काठमाडौं : यस वर्षको मदन पुरस्कार घनश्याम कँडेलको धृतराष्ट्रले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले अन्तिममा छानिएका ९ कृतिमध्ये कँडेलको कृतिलाई उत्कृष्ट ठहर्‍याएको हो । अन्तिम छनोटमा परेका नौ पुस्तक क्रमश: गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा, छाउघर, तपन, दोहाको सीधा उडान, धृतराष्ट्र, प्रतिनायक, म स्त्री अर्थात् आइमाई, शुक्रराज शास्त्रीको चस्मा तथा सगरमाथाको गहिराइ थिए...