म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जाले विश्वकै अग्लो सगरमाथा आरोहण गरेका छन् । ब्रिटिस आर्मीमा कार्यरत कर्पोरल निर्मल पुर्जाले सगरमाथा देखी ८ हजार मिटर अग्लो लोत्से हिमालको चुचुरोसम्म १० घण्टा १५ मिटेटमा पार गरी गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल भएका छन् ।

करिव एकदर्जन साना–ठुला हिमालको आरोहरण गरेका पुर्जाले गत बर्ष अंग्रेजी बर्ष २०१७ मे २७ गते कायम गरेका थिए । सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेको निर्मलका दाजु कमल बहादुर पुर्जाले बेनीअनलाइनलाई बताए ।

‘जोखिमपूर्ण यात्रामा रमाउने गर्दछ ।यो उपाधीले परिवारमा खुसी छाएको छ’पुर्जाले भने।बेलायतमा बस्ने म्याग्देलीको साझा संस्था मोना यूकेका अध्यक्ष समेत रहेका पुर्जाका अनु्सार ब्रिटिस आर्मीको टोलीको हिमाली क्षेत्रमा हुने अभ्यासमा समेत निर्मलको संलग्नता हुने गरेको छ । आरोहण पछि गिनिज बुक अफ वल्र्ड रेकर्डको अध्ययन टोलीले पुष्टी गरेपछि प्रमाणपत्र समेत पाइसकेका छन् ।

उनले हिमालको आरोहण, पदमार्ग तथा जोखिमपूर्ण क्षेत्रमा अभ्यासको क्रममा समेत विभिन्न सम्मान पाएको बताए । ‘एउटा म्याग्देलीको छोराले विश्वको किर्तिमानी कामय गर्न सफल भएको छ । यसबाट म्याग्देलीको शान उच्च भएको छ’ उनले भने ।

कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए ।क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए ।क्विन्स गोर्खा इन्जिनियर्समा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो गर्ने अवसर समेत मिलेको थियो ।

‘हालसम्म कुनैपनि गोर्खालीले यो अवसर पाएका छैन् । उहाँ पहिलो गोर्खा कमाण्डो हो’ एक पूर्व गोर्खाले भने । अहिले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन । बहादुर, अनुशासित, लगनशिल र बफादारीको प्रमाणित गरेको बताउँदै म्याग्देली सहित बेलायतमा रहेका नेपालीको बधाईको ओइरो लागेको छ । उनलाई बेलायतमा रहेका विभिन्न संघसंस्थाले सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

बेनीअनलाईनबाट

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार