आजभोलिका धेरै जसो युवतीहरु आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौंहरु पनि हटाउने गर्दछन् । त्यसैगरी युवतीहरु गर्मी मौसममा प्राय छोटा कपडा लगाएर खुलेर हिड्न रुचाउने गर्छन् ।

यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमाहुने कालोपन र रौं देखिने तथा पसिना आउने हुँदा आफूलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन् ।

काखीमा कालो दाग बस्नुका धेरै कारणहरु हुने गर्दछन्, जसमध्ये केहि भने काखी राम्रोसँग सफा नगर्दा र कसैको चाहिँ धेरै प्रकारका कस्मेटिक सामग्रीहरु प्रयोग गर्नाले यस्तो हुन्छ । जसको कारण शरीरमा थुप्रै रोगहरु लाग्न सक्ने सम्भावना पनि हुन्छ ।

काखीमा कालो दाग हुने समस्याबाट मुक्ति पाउनको लागि घरेलु उपाय चिनी अपनाउन सकिन्छ ।

पहिला १ कटौरा चिनी हाल्नुहोस् र यसलाई महसँग मिक्स गर्नुहोस् । त्यसपछि चिनी र महलाई राम्रोसँग मिक्स गरेर काखीको वरिपरि लगाउनुहोस् ।
काखीको वरिपरि लगाइसकेपछि यसलाई करिब १५ मिनेट जति छोडनुहोस् र सफा पानीले पखाल्नुहोस् ।
त्यसपछि खरानीको लेपलाई पुन फेरी महसँग मिश्रण गर्नुहोस् र यसलाई पनि काखीको वरिपरि लाई १५ मिनेटजति छोड्नुहोस् र त्यसपछि सफा पानीले पखाल्नुहोस् ।
यसरी काखीमा हुने कालो भागलाई सजिलै हटाई शरीरको अन्य भाग जस्तै रोगो पार्न सकिन्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार