“जननी जन्मभूमिश्च :स्वर्गादपि गरीयसी” यस वाक्यमा भने जस्तै, आफूलाई जन्म दिने आमा भन्दा महान यो संसारमा कोही हुँदैनन् ।
आमा, जननी, जन्मदाता र कर्मदाता हुन् । जसले नौ महिनासम्म आफ्नो कोखमा राखेर यो सुन्दर संसार देखाउने, हुर्काउने, बढाउने, पढाउने लगायतका सम्पूर्ण जिम्मेवारीहरु पुरा गर्दै,एउटा पुर्ण व्यक्ति बनाउनुहुन्छ ।
आमा त्यो,शब्द हो, जुन आपत पर्ने बितिकै हरेक व्यक्तिले सबैभन्दा पहिले उच्चारण गर्दछ ।चाहे गर्भमा रहँदादेखि काखमा, घर, स्कुल, कलेज, कार्यालय, विदेश हर स्थान,अवस्था र परिस्थितीहरुमा समानरुपमा केवल मायाँ अनि मायाँ मात्रै गरिरहने पात्र हुन् आमा । त्यसैले त आमालाई मायाँको खानी भनिन्छ नि ।
आमाको माया भन्दा उच्च सायदै कुनै कुरा छ, यो संसारमा । आमाको जस्तो निस्वार्थ मायाँ र साथ कहिलै कसैबाट प्रप्त हुनै सक्दैन । आमाकै न्यानो साथ मिठो ममता र भरोसाकै कारण आज हामी यो धर्तीमा सक्षमताको बिल्ला भिरेर उभिन पाएका छौं । आमालाई बयान गर्न केवल शब्दहरु पर्याप्त हुँदैन् । किनकि आमा, यो संसारको कसैसंग तुलना गर्नै नसकिने अपरम्पार सम्बन्ध हो । जसको सम्मान भन्दा बाहेक गर्ने अरु कर्तव्यनै छैन । त्यसका लागि सम्मान – जसले हाम्रो कलिलो अंग अंगमा मजबुती भरिदियो । हरेक जिज्ञासाहरुमा उत्तर बनिदियो । हरेक रहरहरुमा साधन बनिदियो । हरेक आवाश्यकताहरुमा पूर्ति बनिदियो । हरेक अप्ठ्याराहरुमा सहजता बनिदियो । समग्र जिन्दगीमा,भरोसा,आत्मविश्वा अनि आफु भित्रको सम्भावना र क्षमताहरु प्रस्फुटन गराईदियो ।
आफु काँडामा सुतेर पनि आफ्ना सन्तानलाई फुलमा सुताउन चाहने, आफु मरेर सन्तानलाई बचाउन चाहने, आफु रोएर सन्तानलाई हँसाउन चाहने, आफु हारेर पनि सन्तानलाई जिताउन चाहने, आफु पछि हटेर सन्तान अघि बढाउने,निश्चल सोच र भावनाका साथ सधैँ प्रेरणादायी, निवास्वार्थ, कोमल हृदयकी खानी, गंगाको जल भन्दा पनि पवित्र मन भएकी माया र ममताको खानी हुन् आमा । भगवानको साक्षत रुप हुन् आमा । आमाको उपस्थिती हर सन्तानको लागि भगवानको प्रतिछायाँ हो ।
आफु घाईते हुदाँ पनी कठै मेरो बाबा भन्दै अंगालो हाली आफ्नो चोट भुली सम्तानको पिडामा रुने व्यक्ति आमा हो, अनि त्यहि आमा हो, जो सन्तानलाई खुसी बनाउन आफ्नो दुख लुकाएक मुस्कुराईदिन सक्छिन् ।त्यहि आमा हो, मेलापातमा, आफुलाई खान दिएको मकै भटमास, चिउरा, रोटी जे भएपनि आफ्नो भोक मेटाएर खुसुक्क पटुकीमा पोको पारि सन्तानलाई ल्याईदिने, अप्रिय घटना केहि भईहाल्ला की भन्ठानेर आफु ननिदाई हेरचाह गर्ने, विरामी हुदा औषधि उपचारका लागी सर्वश्व बेच्न सम्म तयार हुने , बाबुले पिट्दा वा गाली गर्दा पनि बाबुको गाली वा पिटाई आफुले खाएर पनि खुसी दिन सक्ने ।
आफु अशक्त हुँदा पनि सरसफाई, पालनपोषण र रेखदेखमा कत्ति कमी हुन नदिने सायद, यो गुण महशुस नगर्ने कुनै सन्तान होला यो जगमा ।तिनै तमाम आमाहरुको प्रतिक हुन् मेरी आमा ।
।
बाबाको सोधाई त , के गरिस्, कति कमाईस् भन्नेमै त सिमित हुन्छ नि , तर त्यहि ठाँउमा नानी आज खाईस् कि खाईनस्, के खाईस्, कतिबेला खाईस् जस्ता मायालु शब्दमा प्रस्तुत हुन्छिन मेरी आमा । यो भौतिक दुनियाँमा पैसाले धेरैथोक त किन्न पाईएला तर आमा किन्न कहाँ पाउनु ? सहनशीलताको प्रतिमुर्ती आमा बाहेक अरु के हुन सक्छ र ? आमा मायाको खानी मात्र होईनन्, शिक्षाको पहिलो र संसार देखाउने गुरु पनि हुन् ।
त्यसैले त भनिन्छ, नि आमाको आँशु पुछ्न सक्नु/ आमाको मुहारमा सुख र सन्तोषको कान्ति छर्न सक्नु सबैभन्दा महान पुन्य हो । म यि शब्दहरु आमाकै अमुल्य त्याग र संघर्षको कारण लेख्न सक्ने भएकि छु । र आज यि केहि शब्द उनकै नाममा चढाउने प्रयत्न गरेकी छु । जसरी मेरी आमा मेरो लागि अमुल्य र उत्कृष्ट छिन् त्यसैगरी हरेक आमाहरु हरेक सन्तानका लागि उत्कृष्ट र सम्मानित छिन् । फरक यति हो, कि कुन व्यक्ति कति कृतज्ञ र कति कृतनग्न हुनसक्छ ।
अन्त्यमा,यदि साँच्चै कसालाई सम्मान गर्नु छ भने आमालाई गर्नुस्,आदर गर्नु छ भने आमालाई गर्नुस्, तपाई जहाँ जानुस् जे गर्नुस् तर आमाको आँखामा आँशु र हृदयमा पिडा नदिनुहोस् । सक्नुहुन्छ खुसी दिनुहोस् सक्नुहुन्न पिडा नदिनुहोस् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




