ती साना नानी-वावुहरू
जस्को बाटो भोली कुरिरहला स्कूल
के उत्तर देला समयले??

घाइते आमाले कुनै कुनाबाट
चिहाईरहेकी होलीन
आफ्नो कोख
सृष्टिले के जवाफ देला उनलाई??

कोपीलामानै निमोठेको छ आज!
हरेक चिहानहरूले,
तिम्रा पनी फूलहरू जस्तै,
आँखाका नानीहरू जस्तै,
वावु-नानीहरू छैनन भनेर सोधेभने?
के जवाफ देलान तानाशाहरू??

भुगोलको नाता भुगोल संगै हुन्छ
यस्तो लाग्छ
दुख्नेहरू आफ्नै नातेदार हुन
कस्लाई कसरी भनु यहाँ दुखेको छ,
मनभरी आज सरिया दुखेको छ।।
#StopWar
#SavechildhoodinSyria

दिप पाठकको फेसबुकबाट साभार

(पाठक,अन्तर्राष्ट्रिय साहित्य समाज जापानका अध्यक्ष हुन्)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार