बर्दिबास : सर्लाही लालबन्दी नगरपालिका-६ की दुर्गा देवी गौतमको १५ वर्षअघि बाराको गढीमाई नगरपालिका-१६ का पुरुषोत्तम गौतमसँग विवाह भयो। दुर्गाले जेठी छोरीको रुपमा पुष्पालाई जन्म दिइन्। दुर्गाको परिवारले अर्को सन्तान छोरो होस् भनेर दुर्गाबाट अपेक्षा गरे। तर, दुर्गाको कोखबाट माइली छोरीको रुपमा पूजा जन्मिन्। तेस्रो पटक फेरि दुर्गा गर्भवती भइन्। पहिले जस्तै छोरो जन्मियोस भनेर परिवारजनले उनबाट आशा लिए। तर, फेरि तेस्रो पटक कान्छी छोरीको रुपमा उनले छोरी पुनमलाई जन्म दिइन्। दुर्गासँग तीन सन्तान छन्।
विवाह भएको १५ वर्षमा पनि छोरो नजन्माएको भन्दै परिवारजनले दुर्गामाथि गालीबेज्जती गर्न थाले। आमाजु बरुण गौतमले त बोक्सी भएको आरोप लगाउँदै गाली गर्थिन्। केही दिन पहिले आमाजुले दुर्गालाई फकाएर झारफुक गराए छोरो हुने भन्दै अन्धविश्वासमा महोत्तरीको बर्दिबास नगरपालिका-३ स्थित माता (झारफुक गर्ने) अप्सरा बरालको घरमा ल्याइन्। ‘माताले मलाई झारफुक गरिन्। बोक्सी भएर छोरो नजन्मिएको बताइन्। छोरो जति पेटमै खान्छिन्। छोरी जती जनमाउँछिन्,’ माताको भनाइ सुनाउँदै पीडित दुर्गाले भनिन्, ‘माताले मलाई बोक्सी हो भनेर मेरी आमाजुसँग भनेपछि मैले धेरै दुःख पाएँ।’
म बोक्सी कसरी हुन सक्छु ?
‘म बोक्सी कसरी हुन सक्छु भनेर म माताकै आगनमा रुन थालेँ,’ आमाजु बरुनाले बोक्सी भन्दै आफूमाथि खकारी खकारी मुखमा थुकेको भन्दै उनले भनिन्,‘मान्छे कसरी बोक्सी हुन सक्छ ?’ ‘मैले कसरी गर्भमा छोरो खान सक्छु, मेरो चित्त दुःख्यो,’उनले भनिन्। ‘तैं बोक्सी छस् भन्दै मलाई आमाजुले कालो कपाल एक मुठ्ठी, एउटा मरेको माउसुली, मलमुत्र केके जाती सबै मुखमा कोच्चाइन्,’ पीडित दुर्गाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।
पीडितकी सासु सीता भन्ने खड्ग कुमारी गौतम दुर्गालाई आमाजुलाई यातना दिइरहँदा माताकै आगनमा थिइन्। त्यो घटनाको अगाडी उनी पनि केही बोलिनन्। प्रहरीले दुर्गालाई बोक्सीको आरोप लगाउने बर्दिबास नगरपालिका-३ स्थित माता अप्सरा बराल, दुर्गाकी आमाजु बरुना र सासु खड्गलाई पक्राउ गरेर कारवाही प्रक्रिया अघि बढाएको छ।
‘एक छोरीपछि छोरो जन्मिाउन मैले गर्भ बोके। छोरो जन्माउने आशमा मैलै पछि दुई छोरी जन्माए। छोरो जन्मिएन। मैले के गरु ?,’ पीडित दुर्गाले भनिन्, ‘मलाई माताले बोक्सी हो भन्दै ठहर गरेर आमाजुली अमानवीय व्यवहार भयो।’
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




