काठमाडौं । नेपाली गीत संगीतमा माझी समुदायको युवा पुस्ताको प्रतिनिधित्व गरीररहेका गायक यमन माझी दुर्घटनामा परेका छन् ।

माझी समुदायको नजिकिदै गरेको महत्वपूर्ण चाड घाटपुजाको अवसर पारेर रामेछाप जिल्लाको मन्थलीमा नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति रामेछाप आयोजित गरेको सांस्कृतिक कार्यक्रमबाट फर्किदै गर्दा सिन्धुलीमा गायक यमन माझी चडेको गाडी दुर्घटनामा परेको हो ।

गायक माझी भने सकुशल नै रहेको जानकारी गराइएको छ । साथमा उनको टिमलाई पनि कुनै चोटपटक नलागेको बताइएको छ ।

मालबाहक ट्रकलाई ओवरट्याक गरेर आएको मोटरसाइकलले गायक यमन माझी चढेको ट्याक्सीलाई ठक्कर दिएको थियो ।

उनि चढेको ट्याक्सीको भने अगाडीको भागमा निकै क्षती भएको जनाइएको छ । यो घटना आज बिहानको हो । भगवानको कृपा र आफ्नो दर्शक श्रोताहरुको मायाको कारण आफुलाई कुनै चोटपटक नलागेको गायक यमन माझीले बताएका छन् ।

कार्यक्रमको बिषयमा बोल्दै उनले कार्यक्रम निकै उत्साहपुर्वक भएको बताएका छन् ।

कार्यक्रममा आफुलाई त्यहाको दर्शक श्रोताहरुले निकै राम्रो स्वागत र सम्मान गरेको पनि उनले उल्लेख गरेका छन् । पछिल्लो समय उनको व्यस्तता अलिक धेरै नै बढेको पाईएको छ ।

गीत संगीतको साथै फिल्ममा समेत हात हालेका उनले घाटपुजाकै अवसर पारेर नया गीत समेत सार्वजनिक गर्ने तयारी गर्दैछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार