बाँके : बाँके डुडुवा गाउँपालिका–४ गडारियनपुरमा विष खुवाएर श्रीमतीले श्रीमानको हत्या गरेकी छन्।

४० वर्षीया पतंगी गडरियाले श्रीमान् ४५ वर्षीय कुर्कुट गडरियालाई सर्वतमा ‘सेल्फास’ नामक विष हालेर खुवाएकी हुन्। विषका कारण मृत्यु भएपछि गाउँनजिकै खेतमा कुर्कुटको शव जलाउन लागेको बेला गाउँलेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनामा प्रत्यक्ष संलग्न रहेका श्रीमती पतंगी र आफन्त भारत जिल्ला बहराइचका ४० वर्षीय कुन्नु गडरियालाई पक्राउ गरेको छ।

दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए। मृतक कुर्कुटले मादक पदार्थ खाएर कुटपिट गरी यातना दिएका कारण सहन नसकेर श्रीमानकाे हत्या गरेको पतंगीले प्रहरीसमक्ष स्वीकार गरेको उनले बताए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार