भारतको पूर्वोत्तर राज्य त्रिपुरामा विधानसभा चुनावको नतिजापछि हिंसा भड्किएको छ । यसअघि चुनावी हिंसा त्रिपुरामा हुने गरेको थिएन । यस्तै त्रिपुरा मात्रै एउटा यस्तो राज्य हो, जहाँ चरमपन्थी अभियान पनि शान्तीपूर्ण रुपमा समाप्त भएको थियो ।
तर आइतबार विधानसभा चुनावको नतिजा आएसँगै त्यहाँ हिंसा भड्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदेशका विभिन्न क्षेत्रमा चुनाव जितेको भारतीय जनता पार्टी (बिजेपी) र पराजित भएको वामपन्थी पार्टी सिपिएमका कार्यकर्ताबिच झडप भएका छन् ।
विशेषगरी प्रदेशको राजधानी अगरतला नजिक बंगलादेशसको सीमासँग जोडिएको क्षेत्रमा हिंसाले चरम रुप लिएको छ । पश्चिम त्रिपुरा प्रशासनले हिंसा नियन्त्रणका लागि सिआरपिसीको धारा १४४ अनुसार निषेधाज्ञा जारी गरेको छ । विभिन्न १३ क्षेत्रमा निषेधाज्ञा लागु गरिएको र यो दुई दिनसम्मका लागि रहेको स्थानीय प्रशासनले जनाएको छ ।
चुनावी नतिजापछि भाजपाका कार्यकर्ताले आफूहरुको पार्टी कार्यालयमा मात्रै नभएर नेता तथा कार्यकर्ताका घरमा पनि आक्रमण गरेको वामपन्थी कार्यकर्ताले आरोप लगाएका छन् ।
अगरतलाबाट यसपटक पराजित भएका सिपिएमका पूर्व विधायक झुमु सरकारले आफूमाथि दिनहुँ आक्रमणको धम्की आउने गरेको बताएका छन् । आफ्ना लागि मिलेको सुरक्षा पनि हटाइएको उनको आरोप छ ।
झुमुको घरबाट नजिकै लंगा पाडामा रहेको सिपिएम समर्थकको पसलमा पनि आगजनी भएको छ । सिपिएमका नेता तथा कार्यकर्ताका घरमा हतियारसहित आएका व्यक्तिले आक्रमण गरेको आरोप छ ।
तर भाजपाका प्रतिनिधिले भने आक्रमणमा आफूहरुको संलग्नता नरहेको बताएका छन् । सिपिएमले आफूहरुलाई बदनाम गर्न चाहेको उनीहरुको आरोप छ ।
त्रिपुरामा भाजपा गठबन्धनले ४० तथा सिपिएमले मात्रै २० सिट जितेको छ । त्रिपुरामा २५ वर्षदेखि वामपन्थीको शासन थियो । अब भाजपाले सरकार बनाउँदैछ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




