गोरखा, ३० फागुन । बोक्सी बकाउने भन्दै गोरखा घेरुङकी एक किशोरीमाथि निर्घात कुटपिट भएको छ ।

सहिद लखन गाउँपालिका ६, बाँसकोटकी १५ बर्षीया जानुका श्रेष्ठलाई उनकै आमा पार्वती श्रेष्ठले बोक्सी बकाउन भन्दै एक घण्टासम्म खुट्टा समातेर कपाल लुछ्दै कुटपिट गरेको प्रतक्षदर्शीले बताएका आजको अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ ।

जानुका स्थानीय हिमालय मावि कक्षा आठकी विद्यार्थी हुन् । कक्षामा पढिरहेका बेला एक्कासी बिरामी भएको खबर पाएपछि विद्यालयमा आएकी आमा पार्वतीले जानुकामाथि निर्घात कुटपिट गरेको सोही कक्षामा पढाइरहेका शिक्षक बाबुराम श्रेष्ठले जानकारी दिए ।
प्रत्यक्षदर्शी शिक्षक श्रेष्ठले भने,
–दोस्रो घण्टीको कक्षा चलिरहेको थियो ।
–जानुका एक्कासी बिरामी भइन् ।
–हामीले आमालाई बोलायौं ।
–आमा आएलगत्तै एक जनाले जानुकाको खुट्टा समाते ।
–आमाले कपाल समाएर कुट्न थाल्नुभयो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार