राजन गौतम, टोकियो । तपाई पक्कै पनि स्मार्ट फोन बोक्नुहुन्छ । अनि फोनमा कुरा गर्दै, या म्यासेन्जर,भाईबर,लाईन, ह्वाट्सएप लगायतका एप्सहरुमा च्याट गर्दै वा भिडियो हेर्दै हिड्ने बानी पनि छ कि ? मलाई लाग्छ,तपाईमा यी उल्लेखित मध्ये कुनै न कुनै बानी अवश्य पनि छ ।
तर याद गर्नुस्,विज्ञानका आविस्कारहरु सहिरुपमा,सहि काम, सहि ठाउँमा प्रयोग भएमा वरदान हो भने त्यसको सहि उपयोग सहि ठाउँमा हुन सकेन भने त्यो अभिशाप सावित हुनपुग्दछ । उदाहरणका लागि पर जानै पर्दैन, तपाईका लागि हरेक सुविधा हातमा राखिदिन सफल स्मार्ट फोन नै काफी छ ।
तपाईले सहि ठाउँमा, सहि प्रयोजनका लागि उपयोग गर्नुभएको खण्डमा, मोबाईल फोन जतिको वरदान सायद अरु केही नहोला । तर यसको उपयोगमा ध्यान दिनसक्दा धेरै ठुल्ठुला समस्याहरु आईलाग्न सक्छ, यति सम्म कि ज्यानै जोखिममा पनि पर्न सक्छ ।
म यो सामाग्री जापानमा रहनुहुने तपाईका लागि तयार पारिरहेकोछु । जो जापानको व्यस्थ दैनिकीमा अभ्यस्त बन्ने प्रयत्न गरिरहनुभएको छ ।
तपाईले याद गर्नुभएको छ ? जापानमा पछिल्ला वर्षहरुमा, 歩きスマホ भन्ने शब्द धेरै सुन्न पाईन्छ जस्तै, 歩きスマホ 危険 です。、歩きスマホ やめましょう。、歩きスマホ 絶対 禁止。、अनि कतै कतै No Texting While Walking आदि । यी सबै लिखित साबधानीका शब्दहरु पक्कै तपाईले, बाटोमा,ट्रेन प्लेट फर्म लगायतका ठाउँहरुमा अवश्य देख्नु भएको छ । यति मात्र नभई ट्रेन स्टेसनहरुमा त दृष्य तथा श्रव्य सामग्रीहरु सहित यस प्रकारका सुचनाहरु जारी गरी सजग गराईरहेका हुन्छन् ।

किन यति धेरै महत्वका साथ हिंडदै मोबाईल प्रयोग नगर्न सुचना जारी गरिरहेका छन् त ?
किनभने पछिल्ला वर्षहरुमा हिड्दै मोबाईल फोन प्रयोग गर्ने प्रयोगकर्ताहरुका कारणले गर्दा विभिन्न दुर्घटनाहरु बढिरहेका छन् । सन २०१० सम्म खासै समस्याका रुपमा नदेखिए पनि त्यस भन्दा पछिल्ला वर्षहरुमा हरेक वर्ष सवारी गुडने सडक तथा रेलको प्लेटफर्ममा हिड्दै मोबाईल फोन प्रयोग गर्नेहरुका कारण हुने दुर्घटनाहरु वृद्धि भईरहेको छ ।

जापानको एक पब्लिकेशन हाउसले गरेको सर्वेक्षणका अनुसार,हरेक वर्ष टोकियोमा मात्रै पनि १५० जना भन्दा बढि व्यक्तीहरु स्मार्टफोनका कारण हस्पिटल भर्ना हुनुपर्ने गरी गम्भीर दुर्घटनामा पर्ने गरेका छन् । त्यस्तै गरी ३ देखि ५ जना सम्मले मृत्यु वरण गरिरहेका छन् । सामान्य ठक्कर र चोटपटकका घटना त दिनहुँ सयौँको संख्यामा हुने गरेको छ ।
के हाल सम्म कुनै नेपालीहरु यस्ता दुर्घटनामा परेका छन् त ?
यो सामग्री तयार गर्दै गर्दा, हामीलाई पनि जान्ने ईच्छा भयो र नेपाल न्युजपोस्टले खोजी गर्दा केहि यस्ता घटनाहरुका अनुभवीहरु भेटिए ।
१) गोरखा घर भएका एक जना नेपाली विद्यार्थी,श्याम चापागाँईले,अघिल्लो वर्ष,फोनकै कारण अर्का पदयात्रीलाई ठक्कर दिएकाले उपाचारार्थ ३५ हजार रुपैयाँ तिरे ।
२) पोखराका अर्का विद्यार्थी सुमनले,त्यस्तै प्रकृतिको घटनामा १५ हजार येन जरिवाना तिरे ।
३)त्यसै गरी हिड्दै मोबाईल फोन प्रयोग गरेका कारण अर्का एक डिपेन्डेट भिसामा रहेकी महिलाले,एकदिन पुलिस चौकिमै बिताउनु पर्यो ।
४) अर्का मकवानपुरका सुदिप गिरीले पनि अर्कालाई ठक्कर दिएको कारण उपचार खर्चका लागि १० हजार येन तिरे ।
५) त्यस्तै दाङका हेमन्त विष्टले भने सिँडीबाट लडेर आफैँले ७ दिन हस्पिटलनै बस्नुपर्यो ।
यी त हाम्रो सम्पर्कमा आएका केहि सिमित व्यक्तीहरुको घटनाहरु मात्र हुन् खोज्ने हो भने यो सुची निकै लामो बन्नेछ ।
यो त पैदल यात्रीहरुको कुरा भयो । साईकल प्रयोगकर्ताहरुको त अवस्था झन डरलाग्दा छन् । अरुलाई ठक्कर दिएर क्षति पुगेको खण्डमा,आर्थिक नोक्सान त छदै छ, स्वयम आफ्नै ज्यानै जान सक्ने जोखिम पनि रहेको छ । एक भाष स्कुलका प्रिन्सिपलका अनुसार गत वर्ष उनको स्कुलमा अध्यायनरत ,साईकलमा सवार नेपाली विद्यार्थीले एउटा कारलाई ठक्कर दिदा ६ लाख येन ज । रिवाना तिरे । कारण उनको कानमा हेडसेट घुसारिएको थियो । अन्याथा त्यति ठुलो रकम तिर्न पर्ने थिएन ।

यो समस्या,जापानी युवायुतीहरुमा त अत्यधिक रहेको छ नै,झन हत्तारको जिवनयापनमा अभ्यस्थ बन्ने क्रममा रहेका विदेशी विध्यार्थीहरुमा पनि तिब्र गतीमा बढिरहेको पाईएको छ । जापानी भाषामा विभिन्न सचेतनात्मक सामाग्रीहरु मार्फत,सजग गराउने प्रयास गरिएको भएता पनि यो समस्यामा खासै न्युनिकरण हुन सकिरहेको छैन ।
त्यसैले तपाईमा पनि यदि यस्तो बानि छ भने कृपया त्याग्नुहोला,किनकी रोग,व्याधका कारण विरामी पर्नु,काम गर्न नसक्नु,उपचार खर्च हुनु भनेको हाम्रो बसको विषय होईन तर आफ्नै लापर्वाहीका कारण अंगभंग हुनेगरी दुर्घटनामा परियो भने,अथवा आफ्नो कारण अरुलाई क्षति पुगी जरिवाना तिर्नु पर्यो भने ? यति मात्रै भए त हुन्थ्यो,ज्यानै समेत जान सक्ने घटनाहरु पनि घटिरहेको तीतो यथार्थलाई नकार्न कहाँ सकिन्छ र ?
त्यसैले सडकको पेटीमा हिँड्दा,ट्रेन स्टेशनको प्लेट फर्ममा हिँडदा,सिँडीहरु उक्लिँदा तथा ओर्लिँदा,साईकल चलाउँदा मोबाईल फोनको प्रयोग नगरौँ, गर्नै परे एक छिन रोकिएर/ अडिएर मात्र प्रयोग गरौँ । आफु पनि सुरक्षित रहौँ र अरुलाई पनि असुरक्षित हुनबाट जोगाऔँ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




