काठमाडौं, १३ चैत । माओवादी लडाकु भएर जनयुद्ध लडेकी ३१ बर्षीया अनुपा राई अहिले बमको छर्राका कारण रोगले थलिन थालिन थालेकी छिन् ।

टाउको र छातीमा लागेको बमको छर्रा अनुपाले उपचार गराएर निकाल्न सकेको छैनन् । न उनको पार्टीले उपचारमा सहयोग गर्यो उनीसँगै सशस्त्र द्धन्द्धमा हिँडेकाहरु पटक पटक सत्तामा पुगिसकेका छन्, तर, अनुपताको शरीरमा लागेको बमको छर्रा निकालिदिन कसैको ध्यान पुगेको छैन । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

पार्टीले नै उपचारमा चासो नदिएपछि १५ बर्षयता शरीरमै बमको छर्रा बोक्न् उनी बाध्य छिन् । दुस्मनसँगको भिड्दाका साथीहरु सत्ताको स्वाद चाखिरहेका छन्, उनले लडाईके स्मरण गर्दै भनिन् म टाउको र छातीमा बमको छर्रा बोकेरा गाउँमा छट्पटाईरहेकी छु ।

ओखलढुंगाको कुईभीरमा जन्मिएकी अनुपा १६ बर्षको उमेरमै माओवादी लडाकु बनेकी थिईन् । २०५८ सालमा ९ कक्षामा पढाई सुरु गरेका बेला उनले माओवादीको जनमुक्ति सेनामा भर्ती भएर बन्दुक समाएको थिईन् । माओवादीमा लागेर दर्जनौँ लडाइ लडें उनले भनिन्, केहि साथी सहिद भए, बाँचेका साथीहरु सत्तामा छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार