बेइजिङ । नेपाली पर्यटन प्रवद्र्धन झल्कने गरी चीन सरकारले सडकमा गुडिरहेको बसमा लुम्बिनी र गौतमबुद्धका चित्रहरू सजिएका बसहरु सञ्चालनमा ल्याएका छन् ।
यतिमात्र हैन विश्वमै जीवित देवी भनेर चिनिने कुमारीको फोटो, एकसिंगे गैंडा, नेपालका मनोरम हिमालहरू, चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बोकेका हात्तीहरूसँगै पोखराको प्याराग्लाइडिङ र त्रिशूलीको ¥याफटिङका दृश्य पनि बसमा बनाइएको छ । चीनको दक्षिणमा पर्ने सबैभन्दा ठूलो सहर क्वाङचौमा नेपालीपनको सिंगो परिचय बोकेर मंगलबारदेखि बसहरू गुड्न थालेका हुन् । बसमा नेपाल पर्यटन बोर्डले बनाएका विभिन्न नाराहरूलाई चिनियाँ भाषामा अनुवाद गरेर राखिएको छ । यी बसहरू आगामी तीन महिनासम्म नेपाली सन्देश बोकेर सडकमा गुड्नेछन् ।

अहिले चारवटा बसलाई तीन महिनाका लागि प्रायोजन गरिएको र थप दुईवटा बसमा नेपाल पर्यटन बोर्डले प्रायोजन गरेर प्रचार गरिने नेपाली महा वाणिज्यदूत रवि भट्टराईले बताए । क्वाङचौका चिनियाँलाई नेपाल भ्रमणमा आकर्षित गर्न यो काइदा अपनाइएको महावाणिज्य दूत भट्टराईले बताए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार