१२ मे, टकियो ।लामो समयको अन्तराल पछि मुलुकमा स्थानीय निकायको चुनाव हुँदैछ ।यतिखेर चुनावी चासो र सरगर्मी मुलुकभित्र मात्र होईन ,विविध कारण विदेशमा रहेका युवाहरुमा पनि उत्तिकै देखिन्छ । चुनावको पूर्वसंध्यामा जापानमा रहेका युवाहरुको के छ त बिचार ? यस्तो छ , संगिता कुवँरको संयोजनमा तयार पारिएको,केहि युवाहरुको चुनावी चासो र सरोकार ।
रबिन शर्मा
पर्वत हाल जापान
नेपाली राजनिति र चुनाबमा प्रयोग हुने भनेकै मनि र मसल (पैसा र पाखुरि ) हो । थोरै मात्र सबैको बुद्धि को प्रयोग हुदोहोत देश संसारको नम्बर वान हुने थियो । आफ्नै कारणले पटक पटक हार्छौ हामि नेपालि जनता । यो पटक पनि हार्यौ भने देश कहिल्यै बन्ने छैन । के मनि र मसलको प्रयोग नगरिकन नेपालमा राजनिति र चुनाब सम्भब छैन ? ? आफुले नै चाहेको ब्याक्ति बिजयी हुनु पर्छ भन्ने छैन । जो सुकै नेतृत्व मा पुगोस ऊ सक्षम र असल हुनु पर्छ । अनि हार्ने हरुले हार स्विकार गरि काम गर्ने वाताबरण सृजना गर्ने मानसिकता नबोके सम्म देश बन्दैन । चुनाब भनेको जंगलमा चराहरुको आवाज जस्तै हो मन परे पनि मन नपरे पनि अरु प्राणिहरुले चुपचाप सुनिरहन्छन , कसैलाई बहुत राम्रो लाग्छ , कसैलाई लाग्दैन । तर पनि चरा आफ्नो आयु रहुन्जेल कराई रहन्छ
प्रिय देशका “लालिगुरास , डाफे , हिमाल पहाड र तराई “हजुरको मत गलत ठाऊमा नपरोस ।

दुर्गा बहादुर खत्री
गलकोट नगरपालिका ५ बागलुङ
हाल टोकियो
यसपालीको चुनाबले तपाई हाम्रो समाजको संम्बृद्धीलाई प्रभाव पार्छ । नगरपालिका वार्डका उमेदबारहरु लामो समय स्थानीय निकाय रिक्त रहदाँ पनि आफ्नो ब्याक्तिगत स्वार्थ भन्दा माथी उठेर आफ्नो गाउँ ठाउँको बिकास र संम्बृद्घीलाई ब्यवस्थित गर्ने काममा क्रियाशील समाजसेवीहरु नै अगाडी सारिनुलाई सकारात्मक रुपमा लिनुपर्छ तर अबको स्थानिय निकायका पदाधिकारी यस्ता हुनु जरुर छ जसले ५ बर्षपछिको समाजको स्पष्ट ख़ाका र योजना प्रस्तुत गर्न सकोस । यो छनौटको अवसरका लागी मतदातामाझ आफ्नो उमेदबारले आफ्नो उमेदबारी मात्र घोषणा नगरी ५ बर्षे योजना पत्र घोषणा गरेमा मतदातालाई योग्य उमेदबार चुन्न सजिलो पर्थ्यो कि!
भुवन रोका
खोटाङ,हाल टोकियो ।
राजनैतिक परिबर्तनले देशमा गणतन्त्र ल्याएको छ, नयाँ संबिधान बनिसकेको छ साथै स्थानिय निर्बाचनको घोषणाले देशमा राजनैतिक संकटको अन्त्य हुने थोरै आशा गर्न सकिन्छ । तर गणतान्त्रिक नेपालमा स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा ती पुरानै शैलिका निर्बाचन भन्दा फरक र नयाँपन केही देखिएको छैन् । पार्टीहरुका घोषणा पत्रहरु पुरानै छन्, नेताहरुको भोट माग्ने शैली पुरानै छ अनि कार्यक्रताहरु एक अर्कामा आरोप प्रत्यारोप लगाउने प्रकृयाले निरन्तरता पाएकै छ । फेरी पनि जनताहरु बिकासको निम्ती थोरै आशा बोकेर चुनावको लागी भोट हाल्न आतुर छन् ।
स्थानिय निर्बाचन बिकासको आधार निर्माण गर्ने प्रकृया पनि हो । यो स्थानिय निर्बाचनमा जनताको भुमिकामा नयाँ पन हुनुपर्छ । निकै बुद्दीमानी पुर्बक आफ्नो मतको प्रयोग गर्न जरुरी छ । आफ्नो गाऊँ वा नगर बिकास गर्न पार्टी भन्दा माथि उठेर सवल नेतृत्व चुन्न जरुरी छ जसले साच्चै दृढ संकल्पका साथ सभ्य, बिकसित र नौलो समाजको निर्माण गर्न सकोस । यो अन्तिम अबसर हो आफ्नो गाऊँ, नगर र देशको बिकास गर्ने । एक गलत भोटले हामी अबिकसीत देशका नागरिक बनिरहनेछौँ भने एक सहि भोटले संमृद्ध नेपाल निर्माणमा सहयोग पुग्छ । बिदेशमा बसेर देशमा हुन गईरहेको स्थानिय चुनाव नियालीरहदा राजनैतिक स्थिरता र बिकासको थोरै आशा साथमा नेता र कार्यकर्ताहहरुको पुरानै शैली देख्दा थोरै निराशा पनि लागेको छ । यो बेला कुनै प्रलोभन अनि लोभ-लालचमा नपरी निस्पक्ष ढंगले आफ्नो सम्पुर्ण विबेक प्रयोग गरी सवल, सक्षम, सृजनशील र ईमान्दार नेता छानौँ ।

गणेश ढकाल
नुवाकोट हाल जापान
निकै नै खुसि छु र साथै दुखि पनि खुसि यस अर्थ मा की छु कि ! मेरो गाउले अब स्थानिय स्थरको नयाँ प्रतिनिधि पाउदै छ | र दुखि यस अर्थ मा छु कि ! २० वर्ष पछि हुन लागेको यस चुनाबमा स्वयम् उपस्थिती भै भोट हाल्न पाउने अवसर बाट बन्चित छु नेपाल मा हुदा को देश प्रति को माया भन्दा प्रदेसी भै सके पछि को देश प्रति को माया अझै प्रगाड र धेरै हुने रैछ यस निर्वाचन मा मा स्वयम उपस्थिती हुन नसके पनि अब हामी ले सोच्ने बेला आयको छ कतै हामीले पहिले जस्तै लोभ लालचमा लगेर राम्रो लाइ भन्दा पनि हाम्रो लाई जिताउने कोसिस गर्दै त छैनौ यदि हामी यस्तै गर्दै छु भने हामीले सोच्ने बेला आयको छ अब हामीले हाम्रो लै हैन राम्रो लाइ चुन्ने बेला आयको छ जसले गाउसमाज घर टोल को राम्रो प्रतिनिधित्यो गर्दै तपाई को गाउँ समाजलाइ यौटा सम्बृद्दि को बाटो मा तिर लैजान अग्रसर गरोस् र तपाइले दिनु भयको भोट को पूर्ण सदुपयोग होस् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




